Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार र बुधबार थरुहटद्वारा आमहड्ताल र चक्काजाम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०७६
  • 1.8K
    SHARES

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले प्रेस वक्तव्य प्रकाशित गरी मोर्चाको १४ बुँदे माग मुद्दाहरु पुरा गराउनका लागि सडक, सदन र सरकारमा सशक्त दबाब सृजना गर्न शान्तिपूर्ण सशक्त संघर्षको विकल्प नरहेको निश्कर्ष सहित पूर्व घोषित दुई दिने आम हड्तालको कार्यक्रमहरु निरन्तरता दिन बाध्य भएको जनाएको छ । घोषणा भएका हाम्रा शान्तिपूर्ण आमहड्तालको कार्यक्रमहरुलाई सशक्त, प्रभावकारी, सफल एवं परिणामुखी बनाउन तथा कार्यान्वयनका लागि सबै पक्ष लगायत आम जनसमुदायमा सक्रिय साथ, समर्थन र सहयोगको लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अपिल समेत गरेका छन्।
फागुन २० र २१ गते २ दिन थरुहट तराई भूगोलका सबै जिल्लाहरु आमहडताल र चक्का जाम गर्ने र त्यसबाट नेपाली जनसमुदायमा पर्न गएको असहजताका लागि आफूहरु क्षमा प्रार्थी सहित उत्पन्न सबै परिस्थितिको जिम्मेवारी नेपाल सरकार हुने विज्ञप्ति मा उल्लेख छ। आमहडताल र चक्का जाम अवधिमा सरकारी तथा निजी सवारी तथा मालबाहक यातायातका सबै साधनहरु, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, व्यपार व्यवसाय पूर्णतया बन्द रहने थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ। आम हड्तालको समयावधीमा अत्यावश्यक सवारी साधनहरु दमकल, एम्बुलेन्स, शव बाहन, दुध बोक्ने, औषधीजन्य, सुरक्षा निकाय, वैवाहिक, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा संचालन हुन पाउने संयोजक थारुले बताए।
हड्तालको लागि फागुन १९ गते थरुहट तराई क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्ने कार्यकम छ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेला २०७६ फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको छ । यस सम्मेलनले मोर्चाको आह्वानमा भैरहेको समग्र आन्दोलनको समीक्षा गर्दै, आम जनसमुदायको साथ समर्थन र सहयोगले थरुहट आन्दोलन सशक्त संघर्षको दिशातर्फ उन्मुख हुँदै गइरहेको र सार्थक परिणामको लागि संघर्षकलाई अझै प्रभावकारी बनाउको लागि निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४