Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १५ २०७६
  • 3.2K
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामि चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुनुहुन्छ । कार्यक्रममा बोल्दै उहाँले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, उहाँले भन्नुभयो ।
“तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु,” कार्यक्रमका बोल्दै उहाँले आफ्नो प्रतिवद्धता व्यक्तगर्नुभयो ।
राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।
साथै उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने बताउनुभयो ।
“महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।,”उहाँले भन्नुभयो
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व उपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगाएत निजी क्षेत्रको ठूलो उपस्थिति रहेको थियो ।
चन्द्रप्रसाद ढकालको परिचय
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ । उहाँ महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गर्नुभएको छ ।
उहाँ आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुनुहुन्छ ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ ।
समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुनुहुन्छ । उहाँ हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४