Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रम ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैनः सहअध्यक्ष श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १५ २०७६
  • 2.3K
    SHARES

भरतपूर । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा। राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् । उक्त कुरा उनले समाजवादी पार्टीको चितवन जिल्ला समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बताएका हुन् ।
देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको स्मरण गर्दै उनले भने, ‘संघीयताले देशलाई काँक्रो चिरे जस्तो चिर्ने बताउने ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खाए । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उनलाई अव नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’
सहअध्यक्ष श्रेष्ठले समुन्नत संघीय समाजवादबारे प्रशिक्षणमूलक मन्तव्य दिंदै भने, ‘कांग्रेस र कम्युनिष्टले अगाडी सारेको समाजवादले देशको बहुराष्ट्रियतालाई सम्मान गर्न सकेन, समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरे । समाज र जनतालाई होइन राज्य र नेताहरूलाई पुजनीय बनाए ।’
देशका उत्पीडित राष्ट्रियताहरूको मुक्ति र समतामुलक समृद्धिका लागि संघीय समाजवादी गणतन्त्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवादले जातीय समस्या हल गर्न सक्दैन, समाजवाद बिनाको सङ्घीयताले वर्गीय समस्या हल गर्न सक्दैन । त्यसैले जातीय र वर्गीय दुबै समस्यालाई एकसाथ हल गर्न एकाइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित समुन्नत संघीय समाजवाद नै आजको एक मात्र वैचारिक विकल्प हो ।’
नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाए
नेकपाले समृद्धि र सुशासनको कुरा धेरै गरे तर व्यवहार उल्टो गरे भन्दै सहअध्यक्ष श्रेष्ठले भने, ‘विरालोले दुध खाँदैन भन्दै दुधको साक्षी विरालो बनाउनु र नेकपाले भ्रष्टाचार गर्दैन भन्नु उस्तै हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद काण्डमा गोकुल बास्कोटाको टेप प्रकरणबाट नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको स्पष्ट भएको छ ।
समायोजित समितिका चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष, विशिष्ट अतिथि तथा माननीय सांसद रेणुकुमारी यादवले संघीयताको जननी भएको हिसावले आफ्नो पार्टीले बाहेक कुनै पनि पार्टीले यसको रक्षा गर्न सक्दैन भन्दै अहिले दुई नम्बर प्रदेशले मात्र संघीयताको अभ्यास गरेको बताए । उनले पार्टी केन्द्रले समायोजनलाई सहज बनाउन खेलेको भूमिकालाई चितवनका नेता कार्यकर्ताहरू गरेको सहयोगका लागि धन्यवाद दिए ।
अर्का उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नवराज सुवेदीले नेकपाले संविधान संशोधनको विषयलाई हांस्यास्पद रूपमा लिएको बताउँदै आफ्नो पार्टीभित्रको तानातानमा बामदेवलाई साथ लिन राष्ट्रिय सभाका सांसदलाई पनि प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न खोज्नु गलत भएको बताए । उनले चितवनको पार्टी समायोजनमा धेरै कसरत गर्न परेको भए पनि राम्रो नतिजा आएको बताए ।
त्यसरी नै पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री तथा विशिष्ट अतिथि हिसिला यमीले नेपालको राष्ट्रिय गानमा भनेजस्तै सबै जाति, भाषा, संस्कृतिलाई समेटेर बनाएको एक मात्र इन्द्रेणी पार्टी समाजवादी पार्टी भएको बताए । यसले नीति, विचार र सिद्धान्तमा पनि अरु पार्टीहरूले भन्दा फरक विकल्प दिएको बताए । त्यसरी नै बागमती प्रदेशका अध्यक्ष सोनाम सिं स्याङ्तानले पार्टीलाई विधि पद्धति अनुसार सञ्चालन गर्न सबैले मिलेर काम गर्नु पर्छ भन्दै चितवनमा छिट्टै संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउन आग्रह गरे ।
समायोजित समितिका सचिव विनोद शर्मा पौडेलले सञ्चालन तथा विमला मगरले स्वागत गरेको उक्त कार्यक्रममा पार्टीका वागमती प्रदेश उपाध्यक्ष राजु नेपाल, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्णकुमार घलान, सल्लाहकार समिति सदस्य पदम गुरुङ लगातयले पनि मन्तव्य दिएका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय अनुशासन समितिका प्रमुख महेन्द्र श्रेष्ठ, बागमती प्रदेशका मुख्य सचिव मोहन बराइली, केन्द्रीय सदस्य तथा चितवनका विसु अभियान संयोजक तारा वि।क।, केन्द्रीय सदस्य विष्णुहरी तिमल्सिना आदिको पनि उपस्थिति रहेको थियो ।
समाजबादी पार्टीको नयाँ समायोजित चितवन जिल्ला समितिमा अध्यक्ष प्रेम भुजेल, उपाध्यक्ष त्रय यदुकृष्ण भट्ट, सरस्वती बर्देवा र तुलाराम गुरुङ, सचिव विनोद शर्मा पौडेल, उपसचिव नारायण बर्तौला र कोषाध्यक्ष मनोज पोखरेल चयन भएका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेस परित्याग गरी दर्जनौ कायृकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४