Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा जिल्लामा पर्यटन बर्ष २०२० लाई  सफल बनाउन चलचित्र नायक तथा  राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङको संयोजकत्व मा भब्य कार्यक्रम सम्पन्न  भयो।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १३ २०७६
  • 6.5K
    SHARES

रसुवा जिल्लामा पर्यटन बर्ष २०२० लाई  सफल बनाउन चलचित्र नायक तथा  राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङको संयोजकत्व मा भब्य कार्यक्रम सम्पन्न  भयो।

रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा भएको ल्होछार विशेष सस्कृती कार्यक्रम २०७६ फागुन १० गतेका दिन माननीय प्रतिनिधि सभा सदस्य तथा सङ्गिय साम्सद मोहन आचर्य ज्यु आतिथ्यतामा र विशेष अतिथिज्युहरु बागमती प्रदेश सदस्य माननीय प्रभात लामा, प्रेम तामाङ, शान्ति थिङ,गोसाइँकुण्ड गाउँ पालिका प्रमुख कैसाङ्ग नुर्पु तामाङ राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की ज्युको अतिथिमा रसुवा जिल्लाका ५ गाउँ पालिकाकै प्रमुखहरु जस्तै उत्तर गय गा.पा प्रमुख उपेन्द्र लाम्साल,नौ कुन्डा गा. पा प्रमुख नुर्बु ग्यम्जो तामाङ,आमा छे दिङ्मो गाउँ पालिका वडा ४ गोल्जुङ्ग का अध्यक्ष टासी ग्याल्जेन घले र नेपाली काङ्ग्रेसका सभा पति पेम्बा छिरिङ तामाङ ज्यु, नेकपा अध्यक्ष कारञ्यल तामाङ,नेकपा पूर्वीय साम्सद छेवाङ तेजिङ्ग तामाङ, प्रदेश नम्बर ३ सदस्य नेकपाका लोकप्रिय नेता तेम्प्रेल तामाङ,नेपाली काङ्ग्रेसका पूर्वीय सभापति लामा कार्पो तामाङ,नेपाली काङ्ग्रेसका बरिस्ठ सचीव सुक्र बहादुर थिङ ,नेपाल चीन केरुङ्ग ब्यापार संघका अध्यक्ष मान बहादुर तामाङ,मिनि गोसाइँकुण्ड सुमो अध्यक्ष टेम्बा नुर्बु तामाङ ,र गोसाइँकुण्ड गाउँ पस्लिका वडा अध्यक्ष दावा सिदर तामाङ समेतको अतिथिमा यो कार्यक्रम भब्य र सभब्यताका साथ समापन भएको जानकारी सम्योजक दावा फिन्जो तामाङले दिनु भएको छ।यस् कार्यक्रमको प्रमुख अतिथि माननीय मोहन आचर्य ज्युले रसुवाको धुन्चेमा मन्तव्यको क्रममा रसुवालिको लागि कार्यक्रम भवन निर्माणमा थप जोड दिनु भएको छ, कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता मान दोज तामाङ समेत विशेष अतिथि भुमिका निर्वाह गर्नु भएको छ भने माननीय प्रदेश सभा सदस्य प्रेम तामाङ समेतले रसुवाको कलाकारहरुलाई आफ्नो मासिक भत्ताको १०% छुटाउने भएको छ भने बाग्मती प्रदेश सदस्य माननीय प्रभात लामाको तर्फबाट पनि रसुवाको कलाकारहरुलाई आफ्नो ब्यक्तिगत तर्फबाट जे जति सकिन्छ सहयोग गर्नेछु भनी मन्तव्यद्वारा कार्यक्रम सफलता बनाउनु भएको छ। कार्यक्रमको विशेष आकर्ष कलाकार हरु बरिस्ठ हास्य कलाकार राजन चौलागाईं खैराते ,मेन्दो माया गायक सुमन घले, लोक दोहोरी गायिका प्रबिना आचर्य, नायिका श्याम माया गुरुङको बेजोड प्रस्तुति नायिका रुपा एस घले,गायिका प्रेमा तामाङ, गायक रोमन तामाङ, गायिका एसथर थोकर तामाङ, कलाकार लोकेन्द्र तामाङ, हास्य कलाकार तथा राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटका बरिस्ठ उपअध्यक्ष दिनेश तामाङ , मेन्दो माया गायक आरम्बा तामाङ जोम्बा कन्छ तामाङ आशिक गोम्बो तामाङ डोल्मा मनाङ्ग्थेन दिल कुमारी तामाङ गायक पारङ्वा तामाङ बेजोड प्रस्तुती र इस्वार घलेको नेतृत्वमा shaxyam of the vand लाइभद्वारा भने यस् कार्यक्रममा अध्यक्ष दावा फिन्जो तामाङको सम्योजकत्वमा माननीय मोहान आचर्य जु माननीय प्रभात लामा माननीय प्रेम तामाङ माननीय शान्ति थिङ, गोसाइँकुण्ड गाउँ पालिका प्रमुख कैसाङ्ग नुर्बु तामाङ , राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीलाई मायाको चिनो द्वारा विशेष समान गरेको छ हो भने रसुवा लागि केही गर्नु पर्छ कलाकारहरु मिलेर भनी बिगत लामो समय देखि चलचित्र यात्रा र रसुवाको नेतृत्व कुसल नायक दावा फिन्जो तामाङलाई कलाकार समाज द्वारा विशेष सम्मानित हुनु भएको छ यसैगरी चर्चित गायक सुमन घलेलाई राष्ट्रिय संगीत कर्मी संघ रसुवा र कलाकार समाज रसुवाबाट गायन यात्राको उच्च मुल्यांकन गरि विशेष समान गर्नु भएको छ, यस् कार्यक्रमको मुख्य उदेश्य रसुवाको पर्यटन इस्थलहरु जस्तै गत्लाङ गाउमा रहेको पार्वती कुण्ड, गोसाइँकुण्ड, लाङटाङ हिमाल सान्जेन हिमाल, चिलिमे जलविद्युत, नेपाल र तिब्बत बिच सम्झौता भएको रसुवा गडि,गोल्जुङ्ग बेसिका नेवा दरबार,गोल्जुङ्ग गाउँमै रहेको बोङ्ग जो घले दरबार,ग्रे गाउँका मम्बा दरबार, यस्ता यस्तै अन्य थुप्रै झिर्न अवस्थामा रहेको विभिन्न स्थलहरु देश तथा बिदेश सम्म परिचय गरौनुका साथै रसुवा जिल्लाभरका कलाकार एक बनाउने हो भने रसुवामा भएको कला धर्म र भेष भुषालाई संरक्षण गर्नु हो सङ्ग सङ्गै राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु सङ्ग स्थानीय कलाकारहरु समायोजन गरौँ भन्ने यस् कार्यक्रमको सम्योजक तथा नायक दावा फिन्जो तामाङले मिठो मन्तव्य व्यक्त गर्नु भएको छ र दावा फिन्जो तामाङको भनाइनुसार हामी कलाकार भनेको देशको साझा सम्पत्ति र गहना हो हामीलाई कुनै पनि राजनीतिज्ञाहरुले फलानो पार्टीको कलाकार डिसानोको पार्टीको कलाकार हो भनी पार्टीगत धकेल्नु बेकारको कुरा हो भनेर पनि भताउनु भयो,अन्तमा रसुवाको धुन्चे बाल मन्दिरमा सबै रसुवा निबासी आमा बाबा दाजुभाइ दिदिबहिनी र कलाकारहरु प्रती दया माया गर्नु भै आर्थिक भौतिक नैतिक हिसाबले सहयोग गर्नु हुने सबैलाई धन्यवाद पनि दिनु भयो सबैलाई मन्चबाट आयोजक समुहबाट केही त्रुटी भएको छ भने आफ्नै नाति छोराछोरी भाईबहिनीको गल्ती सम्जी माफ गर्नु होला पनि भन्नू भयो।उहाँले फागुन ३ गते हुने कार्यक्रम १० गते समापन गर्नु पर्ने भएकोले सबै सबैलाई क्षमायाचना गर्नु भएको छ, यस् कार्यक्रमलाई कलाकार समाज रसुवाको अध्यक्ष शिशिर थोकर तामाङद्वारा समापन गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४