Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संस्कृति बचाऔं, पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा सुरु हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १३ २०७६
  • 5.9K
    SHARES

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले संस्कृति बचाऔं पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा हुने भएको छ ।
मिथिला संस्कृति समाज नेपालले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी श्रीराम जानकी शोभायात्राको उद्घोषण गरेको हो ।
जानकी नवमीको अवसर पारी आगामी बैशाख २० गते शनिबारदेखि झापा जिल्लाको गौरीगंजबाट सुरु भई मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा हुँदै मकवानपुरको हेटौंडामा सम्पन्न हुने समाजका सचिव राधेश्याम विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो कार्यक्रम हरेक जिल्लाका सदरमुकाम वा चर्चित शहरमा समितिहरुद्वारा शोभायात्राको स्वागत गर्न समारोहको आयोजना गरिने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अभियानमार्फत् संस्कृतिको संरक्षण गर्ने कार्यमा योगदान पु¥याएकाहरुलाई सम्मानसमेत गरिने समाजले जनाएको छ । अभियानको क्रममा शोत्रायात्रामा कलाकारहरुले मिथिला संस्कृतिसँग सम्बन्धित विभिन्न गीतसँगीत तथा भजनकीर्तन गर्दै जाने कार्यक्रम रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
संस्कृति बचाऔं अभियानको सजावट मिथिला संस्कृति झल्किने दृश्यहरु अंकित जानकारी मन्दिरको स्वरुपमा सजाइने सचिव विश्वकर्माले बताए ।
यस अभियानबाट धर्म, कला, संस्कृति र संस्कारको प्रवद्र्धन हुने, नेपाल भ्रमण वर्ष सफल बनाउन टेवा पुग्ने, मिथिलाञ्चललाई धर्मस्थल तथा पर्यटकीय क्षेत्रको बारेमा सबैलाई अवगत हुने र मिथिलाको सभ्यता, सम्पदा र विविधतामा टेवा पुग्ने विश्वास मिथिला संस्कृति समाजले लिएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि श्रीराम हनुमान अराधनामण्डल नेपालका संयोजक किशोरी महतोले यस अभियानबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने र मिथिलाको कलासंस्कृतिको पनि प्रचार प्रसार हुने बताए ।
उनले हजारौंहजार वर्ष पूरानो मिथिलाको कला संस्कृति अहिले लोप भइरहेको अवस्थामा समाजको यो अभियानले ठूलो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यस अभियानको खुलेर प्रशंसा गरेका थिए ।
यसैगरी समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन सिंह, मधेशी महिला समाजका अध्यक्ष रिना साहलगायतले श्रीराम जानकी शोभायात्राको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४