Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउको बिषयमा राष्ट्रिय संगीतकर्मी संघले भन्यो : गायक कटुवाललाई नियोजित रुपमा फसाइएको हो, तत्काल रिहाई गर्नुपर्छ (विज्ञप्तीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ६ २०७६
  • 4.6K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

चर्चित लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउको बिषयमा राष्ट्रिय संगीतकर्मी संघले भन्यो : गायक कटुवाललाई नियोजित रुपमा फसाइएको हो, तत्काल रिहाई गर्नुपर्छ (विज्ञप्तीसहित)

काठमाडौँ ६ फागुन । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मेलनको आयोजना गरि गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग गरेको हो ।

संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ काँस्की शाखाको बृहत्त सांस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रममा सहभागी हुन् जाँदै गरेका गायक कटुवालकी श्रीमती लक्ष्मी कटुवाललाई यात्राको क्रममा तनहुँको डुम्रे बजारको डाँफे होटलको अगाडि वान्ता (वमिट) आएको निहुँमा सामान्य विवाद भएको थियो । संघले उक्त घट्नामा सहमति भएर गायक दम्पती पोखरातर्फ प्रस्थान् गरेको पनि जनाएको छ । तर, गायक दम्पत्ति पोखरा पुगेलगत्तै सुरुमा गायक कटुवालसँग विवाद परेका होटल सञ्चालक लालकाजी गुरुङलाई कोही कसैले आक्रमण गरेको अवस्थामा गायक कटुवालनै दाषी हो भनि भीडभाड र जमातको बलमा बिनाकसुर मुद्दा चलाईएको आरोप सम्बन्धित व्यक्तिहरुबाट प्रमाणसहित दाबी गरिएको छ ।

त्यसैगरि कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले गल्ती गरेको भए सोही दिन किन मुद्दा दर्ता प्रहरीले नगरेको भन्दै प्रश्न गरे । उनले भने,‘दास ढुङा घट्नाजस्तै सो घटना घटेको छ ।’ सत्यतथ्य सबैलाई थाहा हुँदापनि प्रशासन किन मौन बसेको छ, यसमा हाम्रो गुनासो हो ।’
उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले भने,‘प्रकाश दोषी छैनन् भन्ने कुरा स्वयम प्रहरीलाई समेत थाहा थियो, त्यही भएर प्रहरीले तीन दिनसम्म मुद्दा नचलाई बसेको हो । प्रहरीले त प्रकाशविरुद्ध मुद्दा दर्ता गर्न नै मानेको थिएन ।’
उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले भने,‘तनहुँ जिल्ला प्रहरी कार्यालयले समेतले हामी केही गर्न सक्दैनौ भन्यो ।’ उनले आफूहरुको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरु ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे ।
त्यसैगरि कार्यक्रममा प्रकाश कटुवालकी श्रीमती लक्ष्मी कटुवालले लामो यात्रामा जाँदा आफूलाई गाहा्रो हुने र वान्ता हुने गरेको सुनाईन् । उनले भनिन्,‘सामान्य झगडालाई नियोजित ढंगले हामीलाई फसाईएको छ । मेरो कारणले घट्ना सिर्जना भएको थियो । हामी कार्यक्रममा सहभागी हुन् पोखरा गएका थियौँ तर, यात्राको क्रममा वान्ता हुने कारण गाडी रोकाईयो र बाटो छेउमा वमिट गर्न खोज्दा त्यहाँ नजिक रहेको घर मालिकले जबरजस्ती गाली गर्नुभयो र अभद्र व्यवहार गर्नुभयो ।’
उनले सामान्य विवादपछि आफूहरुले माफी मागेर त्याँहाबाट निस्किएको सुनाईन् । उनकाअनुसार विवाद भएको उक्त घट्नाको केही दिनपछि डुम्रे चौकीका इन्स्पेक्टरले फोन गरेर चौकी आउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार प्रकाश चौकी गएका थिए । चौकी गएपश्चात् उल्टै सो घर मालिकले आफूहरुलाई गल्ती गरेका भन्दै फसाईएको उनले आरोप लगाईन् । उनले यो प्रकरणमा दोषीलाई कारवाही गरेर निर्दोषलाई उन्मुक्ति दिनको लागि पनि नेपाल प्रहरीसमक्ष आग्रह गरेकी छिन् ।

कार्यक्रममा संघका प्रवक्ता होम सुबेदीले गायक प्रकाश कटुवाल निर्दोष रहेको बताए । उनले भने,‘दोषीलाई कारवाही गर्नुपर्छ, तर निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’ गीत गाउने सामान्य मानिसलाई जथाभावी लगेर जेल हालिएको भन्दै उनले कडा आक्रोश पोखे । उनले नेपाल प्रहरीलाई यो प्रकरणमा निश्पक्ष ढंगले जाँच गर्न समेत आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा संघका केन्द्रीय सदस्य नारायण सापकोटाले कटुवालमाथि नियोजित ढंगले उक्त घट्ना घटाइएको आरोप लगाए । उनले भने,‘हाम्रा मित्र गायक कटुवालमाथि सुनियोजित ढंगले घटाईएको यो घटनाप्रति हामी दुःख व्यक्त गर्दछौं । र, यसले हामी सबैलाई भावुक बनाएको छ ।’
उनले भने,‘प्रकाश कटुवाल कलाकारमात्र होईन उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँलाई नियाजित ढंगले फसाईएको हो, त्यसैले प्रहरीलाई यो घट्नामा निश्पक्ष ढंगले अनुसन्धान गर्नको लागि पनि म आग्रह गर्न चाहन्छु ।’ फागुन २ गते घटेको घट्नालाई किन ५ गते ज्यान मार्ने मुद्दा लागाइएको भन्दै उनले प्रश्न गरे । कुनैपनि दबाबबाट मुद्दा दर्ता गराइएको हो भने आफूहरुलाई त्यो मान्य नहुने पनि उनले चेतावनी दिए । उनले कलाकारलाई सुरक्षा खोई ? भन्दै राज्यप्रति गुनासो पोखेका छन् ।
त्यसैगरि कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज घोरासैनीले सधैं कलाकारमाथि मात्रै किन दुव्र्यवहार भइरहको छ भनेर प्रश्न गरे । उनले भने,‘गुण्डा लगाएर पिट्न लगाउने कलाकारको जात हैन् । कलाकार सभ्य र रोमान्टिक स्वभावको हुने गर्दछ ।’ उनले यो प्रकरणमा गायक कटुवाल शतप्रतिशत निर्दोष रहेको दाबी गरे । उनले तत्काल गायक कटुवाललाई रिहाई गर्नसमेत प्रहरी प्रशासनसमक्ष आग्रह गरेका छन् ।
त्यसैगरि कार्यक्रममा पूर्व प्रहरी निरीक्षक तथा गायक लीला श्रेष्ठले गायक कटुवाल प्रक्राउ पर्नु दुःखदायी भएको टिप्पणी गरे । उनले भने,‘मावनीय हिसाबले गर्नृपर्ने व्यवहारको ठाँउमा उल्टै हाम्रा साथी गायक कटुवाललाई नियोजित ढंगले फसाइयो ।’ यद्धपी उनले मुद्दा दर्ता भएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यो प्रकरणमा प्रहरी अनुसन्धानले सही ढंगले फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको सुनाए ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘कोहीलाई दोषीको बिल्ला भिराउँदैमा दोषी हुँदैन् । र, कोही निर्दोष भन्दैमा निर्दोष हुँदैन् । तर, राष्ट्रिय संगीतकर्मी संघ, पोखराको एउटै कार्यक्रममा गएका हामी सबैलाई जगजाहेरै छ । दश वर्षपछि पोखरा गएका गायक प्रकाश कटुवाल आफ्नो परिवारका साथै विनोद ढकाल, शंकर ढकाललगायत पोखरा गैरहेको अवस्थामा डुम्रेमा कटुवालको श्रीमतीलाई वान्ता आउँदा वान्ता गराएको सामान्य घट्ना घटेको र सहमतिमा छुट्टिएर गएको अवस्थामा प्रकाशमार्फत नै घट्ना घटाईएको भनेर सत्य, तथ्यबेगर केही भीड, जमात र एक अमुक राजनीतिज्ञको कारण ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनु सरासर अन्याय र अत्याचारको पराकाष्ठा हुन् ।’
विज्ञप्तीमा थप भनिएको छ,‘निर्दोष दोषी हुनुहुन्छ । र दोषी उम्कनु हुन्न भन्ने हाम्रो भनाईको कुनै प्रवाह नगरी भीड र जमातले तथ्य, सत्य छानबिन गर्न नदिईकन कटुवाल ने दोषी भन्दै विपक्षलाई सोध्नसमेत नदिने, पिट्न खोज्ने, ठेगान लाउँछु, टाउको फुटाउँछु भन्ने र भेटे मार्छु भन्नेजस्ता दानवीय र जंगली व्यवहार मैले नेपालमा देखेको थिईन् । मेरो ३७ वर्षीय जीन्दगीमा मैले सबैतिर नेपाल अपनत्व गरेको थिएँ । तर, मलाई लाग्यो कि ३ दिनका हाम्रा दर्दनाक क्षणमा म नेपाली छु कि कुनै हाम्रो दुश्मनी मुलुकमा । बास, यति बोले तर न्याय नमरोस, निर्दोषलाई दोषी नबनाईयोस् । मेरो आत्मा रोईरहेको छ । म यो क्षण नमरुञ्जेल भुल्दिन् । अन्त्यमा त्यही भेगमा रहेर उच्च मनोबलका साथ हामीलाई श्रद्धा, सम्मान, सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति उच्चजन महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
जन आवाज मिडिया हब प्रा :लि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४