हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
१५ जेठ, काठमाडौं । गणतन्त्र स्थापना भएको आज ११ वर्ष पूरा भएको छ । दिवसको अवसरमा बुधबार टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाइएको छ ।
कार्यक्रममा नेपाली सेना, सुरक्षाकर्मीका साथै अन्य विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरी नागरिकसमक्ष गणतन्त्रको शुभकामना व्यक्त गरिएको छ । शान्तिको प्रतीक परेवासमेत उठाइएको छ ।



