Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतमबुद्ध विमानस्थलको ठेकेदारले पए १० करोड, काम सञ्चालन हुने आशा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १ २०७६
  • 7.2K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

१ जेठ, काठमाडौं । ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ । तत्कालका लागि १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको फाइल करीव २० दिन रोकिएर भुक्तानी दिन नसकेपछि काम प्रभावित भएको थियो । निर्देशक अधिकारीका अनुसार विगत ५ दिनदेखि विमानस्थल निर्माणको काम अवरुद्ध छ ।

मन्त्रालयबाट ७० करोड रुपैयाँ निकासाको कुरा भएको छ,’ उनले भने, ‘तर, त्यो निकासा नहुञ्जेल काम नरोकियोस भनेर आजै १० करोडको चेक उपलब्ध गराएका छौं ।’
ठेकदारले भुक्तानी समयमै नपाउँदा भैरहवा विमानस्थल धावनमार्ग पिच गर्ने काम रोकिएको थियो । विमानस्थल निर्माणमा प्रयोग हुने रोलर, पेभर, स्काभेटर, डोजरलगायत ठुला उपकरणमा दैनिक २० लाख रुपैयाँ बराबरको डिजेल मात्र खपत हुने आयोजनाको भनाई छ । यस विमानस्थलमा दैनिक करीव २० हजार लिटर डिजेल खपत हुने गरेको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनका प्रतिनिधि त्रिलोचन भट्टका अनुसार उधारोमा डिजेल नपाएपछि काम रोक्नुपरेको हो । डिजेल अभावमा धावनमार्ग पिचको काम गर्ने प्राविधिकसहित ७० कामदारले काम नपाएको उनले बताए ।

विमानस्थल निर्माणमा २५० श्रमिक कार्यरत छन् । ज्यालादारीमा काम गर्ने सबै श्रमिकको पारिश्रमिक बुझ्ने समय आएको छ । आयोजनाबाट रकम नआए सबै काम रोकिने भट्टले बताए ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी पनि ठेकेदार कम्पनीले पेश गरेका दुईवटा बिलको करिब १० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार गर्छन् । बिल पेश भएपछि आयोजनाले ३ वैशाखमा ३७ प्रतिशत भुक्तानी गरेर त्यसै दिन बाँकी रकमको बिल मन्त्रालयमा पठाएको तर, भुक्तानी नआएको उनले बताए । बिल पेश भएको २८ दिनभित्र भुक्तानी दिनुपर्ने नियम छ ।

काम सक्नुपर्ने म्याद गुजि्रएर दुईपटक समय थप भएको राष्ट्रिय गौरवको यो आयोजनाले पछिल्लो ६ महिना यता भने गति लिएको थियो । कुल ६ अर्ब ८० करोड लागतको यो विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान छ । त्यस्तै साउदी अरबको साउदी फण्ड -ओएफआईडी)को ३०.५ प्रतिशत ऋण र नेपाल सरकारको ११ प्रतिशत लागत साझेदारी छ ।

तीन वर्षमा सक्नेगरी सन् २०१४ नोभेम्बरमा ७ करोड ८३ लाख डलरको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले नेपाली सहायक ठेकेदार कम्पनीसँगको विवादका कारण काममा ढिलाई गरेको थियो । पछिल्लो दिनमा भने विमानस्थलको तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग पीच काम भइरहेको थियो ।

मुख्य टर्निमल भवन, कन्ट्रोल टावर, आन्तरिक यात्रु आवागमन टर्मिनल, अन्तराष्ट्रिय यात्रु कक्ष, कार्गो भवन, पानी ट्यांकी, लिंक ट्याक्सी वेको पीच र अग्नि नियन्त्रण कक्ष निर्माणको काम अन्तिम चरणमा छ । अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुईवटा पार्किङ वे निर्माण भएको छ । हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्व र पश्चिमतर्फ दुई-दुई सय मिटर बढाएर १९ सय मिटर लामो र २३ मिटर चौडा ट्याक्सी वे बनाइएको छ ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४