हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
३१ वैशाख, काठमाडौं । ललिता निवासभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको बिषयले व्यावसायी, नेतादेखि पूर्व प्रधानमन्त्रीहरुसम्मलाई विवादमा तान्यो । सञ्चार माध्यममा कर्तुत छताछुल्ल भएपछि कतिले स्पष्टीकरण पनि दिएका छन् ।
यो प्रकरणमा प्रत्यक्ष संलग्न नभएका कतिपय व्यक्ति नैतिक दायित्वका कारण सामाजिक बदनामी भोगिरहेका छन् । यो प्रकरणमा कार्यपालिका, व्यवस्थापिका र संवैधानिक आयोगलाई झुठो विवरण दिएर अनुसन्धान प्रक्रियालाई गुमराहमा पार्ने एकजना सरकारी अधिकारीतर्फ भने कसैको ध्यान गएको छैन ।
‘अधिन’लाई ‘अधिग्रहण’
भूमाफियाले कर्मचारीलाई मिलाएर सरकारी जग्गा व्यक्तिको नाममा पारेको उजुरी परेपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले ललिता निवास क्याम्पभित्र खास भएको के हो यथार्थ विवरण तीन दिनभित्र पठाउन मालपोत कार्यालय डिल्लीबजारलाई २०७३ जेठमा पत्र पठायो ।
त्यसबेला मालपोत अधिकृत थिए-पद्मनिधि सोती । सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्ने ल्याकत सोतीसँग थिएन । उनले पत्र पाएको भोलिपल्टै २०७३ जेठ २७ गते संसदीय समितिलाई विवरण पठाए । विवरण लेख्दा भने सरकारी जग्गा भूमाफियाको नाममा सार्न सजिलो पार्ने चलाखी गरे ।
त्यसका लागि उनले जम्मा एउटा शब्द साटफेर गरेर ‘अधिन’ को ठाउँमा ‘अधिग्रहण’ राखे ।
८ मंसिर २०४७ को मन्त्रिपरिषद निर्णयमा ‘जफत घर, जग्गा तथा सम्पत्तिमध्ये श्री ५ को सरकारको अधिनमा रहेका जति जानकारीमा आउनासाथ तुरुन्त फिर्ता दिने’ भनिएको छ । भूमियासँग मिलेका मालपोत अधिकृत सोतीले त्यसलाई बंग्याएर लेखे- …२०४७ सालमा राजनीतिक परिवर्तन पछि राजनीतिक पूर्वाग्रहका कारण जफत भएको सम्पत्ती श्री ५ को सरकारको अधिग्रहणमा रहेको जति जानकारीमा आउनसाथ तुरुन्त फिर्ता दिनू भनी तत्कालीन श्री ५ को सरकारको निर्णय ।
सोतीले जफत भएको जग्गा फिर्ता दिने २०४७ सालको सरकारी निर्णयलाई २०२१ साल मंसिर १५ गते अधिग्रहण गरेको जग्गा फिर्ता दिने भनेर अर्थ्याए । जबकी, कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय र मन्त्रिपरिषदको निर्णय अनुसार २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गते भएका कुनै पनि परिपत्रमा ‘अधिग्रहण’ भन्ने शब्द छैन ।
२०२१ मंसिर १७ गतेको नेपाल गजेट -राजपत्र) भाग ३ अतिरित्ताङ्क २३ मा गृह मन्त्रालयबाट प्रकाशित सूचना अनुसार ललिता निवास क्याम्पको २९९ रोपनी जग्गामध्ये सुवर्ण समशेरको १४ रोपनी ११ जग्गा मात्र जफत भएको उल्लेख छ । २०४७ जेठ, साउन र भदौका मन्त्रिपरिषद निर्णय र मन्त्रिपरिषद सचिवालयको परिपत्रअनुसार समेत जग्गा फिर्ता दिँदा जफत भएको १४ रोपनी ११ आना दिनुपर्नेमा अधिग्रहण भएको जग्गासमेत व्यक्तिले लगेको देखिन्छ ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

