Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सक नै दुर्व्यसनमा फसेपछी।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३० २०७६
  • 6.2K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन। मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबीबीएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ।

अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको संख्या धेरै रहेको अनुमान गरिएको छ।

कोहलपुर शिक्षण अस्पतालमा गाँजा र चरेस सेवन गर्नेको संख्या त झन धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन्। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य उजागर भएको हो।

भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबीबीएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेको थियो।

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोबार हुन्छ भन्ने प्रमाणित भएको छ। शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी लागुऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शंका गरिन थालिइएको छ।

उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा लागुऔषध दुव्र्यसन तथा कारोबार हुनु चिन्ताको विषय भएको बताए। उनले एमबीबीएस अध्ययन गर्ने कलेजमा लागुऔषधको दुव्र्यसनी बढ्दा सिंगो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताउनुभयो । आफैँ कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उनको भनाइ छ ।

‘बिरामी जाँच्ने चिकित्सक नै लागुऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने कुरै आउँदैन’, उनले भने। कानून व्यवसायीसमेत रहेका गौतमले लागुऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोबार बढाएर शिक्षा क्षेत्रलाई तहस नहस बनाउन खोजेको दाबी गर्दै यसले सिङ्गो शिक्षा क्षेत्र धमिल्याएको बताए।

‘लागुऔषधले शैक्षिक वातावरण बिग्रिनुका साथै विद्यार्थीको भविष्य अन्योलपूर्ण देखिन्छ’, गौतमले भने। राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईंले एमबीबीएस अध्ययनरत विद्यार्थी नै लागुऔषध दुव्र्यसनमा फस्नु दुर्भाग्य भएको बताए। यस्ता विद्यार्थीले भविष्यमा दिने सेवामाथि आशंका उब्जाएको उनको भनाइ छ।

‘

‘स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेका विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला’, उनले भने। प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबीबीएस अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताए।

उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागुऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए। ‘हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केही विद्यार्थीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ’, उनले भने, ‘पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ।’

 

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२ 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४