हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
अघिल्लो वर्षको भन्दा पनि न्यून खर्च
जन न्युज नेपाल खबर डट कम:
चालु आर्थिक वर्ष सकिन अब ६६ दिनमात्र बाँकी छ। यो अवधिमा सरकारले यो वर्षका लागि भनेर ल्याएको बजेट कार्यान्वयनको अवस्था भने नाजुक रहेको छ। आर्थिक वर्षको ८२ प्रतिशत समय सकिंदा खर्च भने ५० प्रतिशत मात्र भएको छ। अघिल्लो वर्षको भन्दा पनि न्यून खर्च गरेको सरकारले १३ खर्ब १५ अर्बको बजेटको आधा हिस्सा बाँकी १८ प्रतिशत दिनमा गर्नुपर्ने छ। सरकारले अबका दैनिक २ अर्ब ९४ करोड रुपैयाँ खर्चिनुपर्ने छ।
सरकारले छ महिनाको खर्चको अवस्थाको विश्लेषण गर्दै खर्च हुनसक्ने सम्भावित रकम घटाएको थियो। सरकारले शुरुमा विनियोजनको ८४ प्रतिशतमात्र खर्च हुने प्रक्षेपन गरेको छ। जसअनुसार २ खर्ब ६५ अर्बमात्र खर्च हुने छ। संसोधनअनुसार पनि अबका दिनमा २ अर्ब २० करोड खर्चिनुपर्ने छ।
विकास खर्चमात्र होइन। सरकारले यो वर्ष चालु खर्च पनि अपेक्षित गर्न सकेको छैन। चालु वर्षका लागि ८ खर्ब ४५ अर्ब चालु खर्च गर्ने लक्ष्य लिएको सरकारले हालसम्म जम्मा ४ खर्ब ९५ अर्ब रुपैयाँमात्र खर्चिएको छ। उसले बाँकी ६६ दिनमा ३ खर्ब ४९ अर्ब खर्चिनुपर्ने छ।
यसहिसाबले चालु खर्च पनि दैनिक ५ अर्ब खर्चिनुपर्ने छ। तल्ला सरकारी निकायमा अनुदानको रुपमा जाने अन्तिम किस्ता, तलब भत्ता जस्ता शिर्षकमा यो खर्च हुने भएकोले सहजै लक्ष्य पूरा हुने अर्थमन्त्रालयको विश्वास रहेको छ।
आर्थिक वर्षको अन्तिम समयमा आएर हताहतरा खर्च गर्दा नेपालका ऋणदाता र दातृ मुलुकले स्रोत परिचालनको गुणस्तरीयतामाथि प्रश्न उठाउने गरेका छन्। नेपालभित्रै धेरै चर्चा नहुने अन्तिममा खर्च गर्ने प्रवृत्तिमाथि बहुपक्षीय र द्विपक्षीय दातृ निकायले पछिल्लो समय गम्भिर रुपमा उठाउन थालेका छन्।
‘पछिल्लो समय भएका डोनर भेटघाटमा खर्चको गुणस्तरीयतामाथि उनीहरुले धेरै चासो देखाउने गरेका छन्, उनीहरुले दिन खोजेको रकम पनि नआउने खतरा बढेर गएको छ’ अर्थ मन्त्रालयका एक अधिकारीले सेतोपाटीसँग भने।
बलियो र स्थायी सरकार आएपछि खर्च प्रणाली सुदृढ हुने आशमा बसेका उनीहरु यो वर्षको अवस्थाबाट उल्टो निराश बनेका छन्। उनीहरुको त्यो निराशा द्विपक्षीय तथा बहुपक्षीय भेटमा देखिने गरेको छ।
सँधैजसो यो वर्ष पनि आर्थिक वर्षको अन्तिममा आएर हुने खर्च प्रवृत्ति रोकिएन। अघिल्ला वर्षहरुमा जेठ र असारमा आधाभन्दा बढी खर्च हुने गरेको छ। गत वर्षमात्र ६० प्रतिशत यस्तो खर्च अन्तिम दुई महिनामा भएको थियो।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,कार्यकारी सम्पादक : नेत्र बहादुर कार्की ।
२प्रधान,सम्पादक :- राज कुमार हुमागाइ।
३,सम्पादक :-कुमार अधिकारी।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
