Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको” भन्दै बाबुराम भट्टराईले टिप्पणी गरे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २९ २०७६
  • 4K
    SHARES

 

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रिबजेट माथिको छलफलमा आफ्नो धारणा राख्दै भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको टिप्पणी गरे।

उनले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको आरोप लगाए।  ‘अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै अल्छी लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो,’ उनले भने।

संघीयताको कार्यान्वयन भइसक्यो भन्ने भनाइ सही नभएको भन्दै उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।

संघीयता कार्यान्वयनको सिंगो पक्ष बाँकी नै रहेको तथा संविधान संशोधनको औचित्यता छैन सबै सहमत भइसके नीति तथा कार्यक्रममा सरकारको दम्भ देखिएको बताए। व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको उनको दाबी थियो। उच्च परिमाणमा आन्तरिक तथा बाध्य लगानी परिचालन भएको भन्ने सत्य नभएको टिप्पणी गरे।

सामाजिक न्याय सहितको तिब्र आर्थिक वृद्धि सहित आत्मनिर्भर भई सन् २०३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको बताए। क्षेत्रगत प्राथमिकताका विषय स्पष्टसँग आउनुपर्नेमा उनले जोड दिए। अर्थतन्त्रको समस्याको संरचनात्मक कारण खोज्न ध्यान दिन उनले सुझाव दिए। मुलुकको भू राजनितिक प्रभावका बारेमा विचार गरेर अर्थनीति बनाउनुपर्नेमा उनले जोड दिए।

पूँजीको राम्रो परिचालन नगरिकन बिकासमा फड्को मार्न नसकिने भन्दै उनले आन्तरिक पूँजी परिचालनलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने तर्क गरे। परम्परागत अर्थतन्त्रलाई विकासको गतिमा अघि बढाउने हो भने जमिनमा आश्रित सम्पत्तिको ढाँचामा सुधार ल्याउनुपर्ने सुझाव दिए। वित्तीय क्षेत्रको सुधार नगरेसम्म औद्योगिक अर्थतन्त्रको निर्माण गर्न नसकिने भन्दै उनले बैकबाट लिइने ऋणको व्याजदरमा आमुल सुधार गरी एक अंकको व्याजदर कायम गर्नेतर्फ राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताए।

जग्गामा दलाली गरी कमाउने प्रवृत्ति रोक्नका लागि रजिष्ट्रेशन शुल्क बढाउन र पैत्रिक सम्पत्तिमाथिको कर वृद्धि गर्न उनले सुझाव दिए। उनले संस्कृतिका नाममा हुने फजुल खर्चलाई रोक लगाउनुपर्ने बताए। उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई बलियो बनाउनुपर्ने बताए। उनले उही कुरो उही काम पटक पटक दोहोर्याएर फरक परिणामको अपेक्षा गर्ने प्रवृत्तिबाट मुक्त हुँदै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा निरन्तरतामा क्रमभंग गर्नुपर्ने आवश्यकता औंल्याए।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,कार्यकारी सम्पादक : नेत्र बहादुर कार्की ।
२प्रधान,सम्पादक :- राज कुमार हुमागाइ।
३,सम्पादक :-कुमार अधिकारी।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४