
नेपाल बजार बिक्री प्रतिनिधि तनहुँ गोरखा लमजुङ शाखाको अध्यक्षमा दुर्गा भुजेल चयन हुनु भएको छ।
जन न्युज नेपाल खबर डट कम गोरखा प्रतिनिधि
बैशाख २६ गते बिहीबार /अाबुँखैरेनी तनहुँ /नेपाल बजार बिक्री प्रतिनिधि समिति तनहुँ ,गोरखा ,लमजुङ (तगोल)शाखाको अध्यक्षमा दुर्गा भुजेल चयन भएका छन् । बिहीबार तनहुँ जिल्लाको अाँबुखैरेनीमा सम्पन्न अधिबेशन बाट भुजेलको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्षमा राजेश श्रेष्ठ ,सचिबमा अशोक बज्राचार्य ,कोषाध्यक्ष मा सुशील खनाल चयन भएका छन् । त्यसैगरि सल्लाहकार मा कृष्ण केसी ,कृष्ण बिष्ट, टेक बहादुर चन्द चयन भएका छन् । सदस्य हरुमा कर्ण कार्की ,तेज बहादुर अालेमगर, सुमन गुरुङ चयन भएका छन् । नेपाल बजार प्रतिनिधि संघ गण्डकी प्रदेका अध्यक्ष गोपाल सापकोटाको प्रमुख अातिथ्यमा उक्त अधिबेशन सम्पन्न भएको थियो । बजारमा सबै कम्पनीका प्रतिनिधि हरुमा सुमधुर सम्बन्ध कायम राख्न बजारमा अाएका समस्याको समधान समेत गर्न यस समितिको मुख्य लक्ष्य रहने समेत सापकोटाले जन न्युज नेपाल खबर डट कम प्रतिनिधि लाई बताएका थिए ।