२४ वैशाख, संखुवासभा । काठमाडौंको खुल्लामञ्चमा सटर बनाएर बिक्री गर्ने स्वच्छन्द निर्माण कम्पनीका ठेकदार मनोज भेटवालले काठमाडौंको पुरानो बसपार्क कब्जा गरेको धेरै वर्ष बितिसकेको छ । काठमाडौं टावर बनाउने भन्दै बसपार्क कब्जा गरे पनि सरकारले भेटवाललाई कुनै कारवाही गरेको छैन ।
भेटवालको कम्पनी स्वच्छन्द निर्माणले काठमाडौंको पुरानो बसपार्कमा मात्रै होइन, संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पनि पुल बनाउने ठेक्का लिएर सरकारी रकम झ्वाम पारेको छ । भेटवालको कम्पनीले ०६७ सालमा अरुण नदीको लम्सुवाघाटमा पुल निर्माणको ठेक्का लिएको थियो ।