Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्ति नभए विकास हुँदैन, विकास नभए शान्ति हुँदैन : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 3.9K
    SHARES

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहलले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले देशमा स्थायित्व जरुरी रहेको बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् ।

आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए ।

आफूले सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौताको बेला पनि शान्ति र विकासमा नै जोड दिएको सम्झँदै उनले सहमति र सहकार्यबाट नै शान्ति र विकास सम्भव हुने बताए। उनले भने, ‘सहमति, सहकार्य र एकताको बाटोमा जानु आवश्यक छ। विकास यात्रालाई सहज ढंगले बढाउन यो आवश्यकता छ।’

नेपालमा अझै पनि ६५ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित भएकोले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकीकरण आवश्यकता रहेको बताए। उनले भूमि र कृषिलाई नीति तथा कार्यक्रममा राखेकोमा सरकारको प्रसंशा गर्दै भने, ‘कृषि र भूमिलाई आयको वातावरण जबसम्म बनाउन सक्दैनौं तब सम्म हामीले सुखी नेपाली समृद्धि नेपालीको सपना साकार बनाउन सक्दैनौं।’
उनले प्रतिपक्षीहरुले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भनेको सम्झँदै यो विपक्षीको ‘धर्म’ भएको बताए। उनले अगाडि भने, ‘उहाँहरुले भन्नु भो तर यसलाई हामीले चुनौतीको रुपमा लिएर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४