संचार संम्पर्क समेत हुन नसकेको उक्त गाँउमा तीन जना बालबालिकाको रुघाखोकी तथा झाडापखालाको कारण मृत्यु भएको स्थानीयले मौखिक खबर गरेको सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरी रहनु भएका स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति लबी रावतले बताउनु भयो ।
हाल मृतक बालबालिकाको नाम नखुलेको र चिकित्सक सहितको टोली सोमबार औषधी सहित त्यसतर्फ जाने तयारी गरी रहेको उहाँले बताउनु भयो । अन्य बालबालिका पनि बिरामी रहेको खबर आएको उहाँले बताउनु भयो । यसै बीच जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खालीको नेतृत्वको टोलीले सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ । दुई दिनसम्म संचालन भएको शिविरमा ३१२ जना बिरामीको उपचार गरिएको सम्पर्क व्यक्ति रावतले बताउनु भयो ।