Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीन पर्ति ट्रम्पको अर्को कदम :२ सय अर्ब डलरका सामानमा पनि २५ प्रतिशत कर लगाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 3.4K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।  चीनसँगको जारी व्यापार वार्ता निकै धिमा गतिमा चलिरहेको र चीनले ‘रिनेगोसियट’ गर्न खोजेको भन्दै ट्रम्पले आगामी शुक्रबारदेखि ती सामानमा लाग्ने कर १० प्रतिशतबाट बढेर २५ प्रतिशत पुग्ने बताएका हुन्।

यसअघि सन् २०१९ को सुरूदेखि नै उक्त कर लगाउने बताएका ट्रम्पले व्यापार वार्ता सकारात्मक दिशातिर गएको भन्दै मिति पर सारेका थिए।

पछिल्लो समय चीन आफ्ना पहिलाका सहमतिबाट पछि हटेको अमेरिकाले आरोप लगाएको छ। अमेरिका र चीनबीच वौद्धिक सम्पत्तिको चोरी र प्रविधि हस्तान्तरणका विषयमा सहमति हुन सकेको छैन।

गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो।

पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो।

लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो।

सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो।

अहिले चीनबाट ५३९.५ अर्ब डलरको सामान अमेरिका जान्छ। ट्रम्पले बाँकी  ३२५ अर्ब डलरका चिनियाँ सामानमा पनि छिटै कर लगाउने चेतावनी दिएका छन्। चिनियाँ सामानमाथिको करका कारण अमेरिकी अर्थतन्त्रमा सुधार भएको ट्रम्पको दाबी छ।  अमेरिकाले लगाएको करका कारण ती सामानको उत्पादन खर्च नगन्य रूपमा बढेको उनको तर्क छ।

दुबै देशका अधिकारीहरूले बिहीबारसम्म चिनियाँ अधिकारीहरू अर्को चरणको वार्ताका लागि वासिङट्न पुग्ने जनाएका छन्। व्यापार वार्तामा चिनियाँ पक्षलाई दबाब दिन ट्रम्पले नयाँ घोषणा गरेको कतिपयको विश्लेषण छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४