को-को नेताले लिएका छन् नियमविपरीत पछुवा गाडी र सुरक्षाकर्मी सबै जानकारी सहित उपलब्ध भएको विवरण सहित छ ?
जन न्युज नेपाल खवर डट कम :
काठमाडौँ चैत ३० गते / सरकारमा हुँदा आफैंले बनाएका नियम मिचेर नेताहरूले पछुवा गाडी राखेका पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदले बनाएको सुरक्षा मापदण्ड निर्देशिका मिचेर नेताहरूले सुरक्षा नाममा पछुवा गाडी राखेको पाइएको हो। गाडीसँगै उनीहरूले नियमभन्दा बढी सुरक्षाकर्मी पनि राखेका छन्।
२०७० सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कसले-कति अगुवापछुवा सवारी र सुरक्षाकर्मी राख्न पाउने निर्देशिका बनाएको थियो।
पूर्व भइसकेका प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलाई एउटा पछुवा गाडी र केही सुरक्षाकर्मी दिने मापदण्ड छ। यो पनि पद हेरेर दुईदेखि पाँच वर्षसम्म मात्र। पूर्व प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलाई बढीमा ९ जना सुरक्षाकर्मी र एउटा पछुवा गाडी पाँच वर्षका निम्ति दिने व्यवस्था छ।
यस्तै, पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई तीनदेखि चार जना सुरक्षाकर्मी र एउटा पछुवा गाडी पदबाट बाहिरिएको दुई वर्षपछि फिर्ता गर्ने सर्तमा दिने नियम छ।
यो मापदण्ड धेरै नेताहरूले उल्लंघन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले सेतोपाटीलाई बतायो। स्रोतले बताएअनुसार उनीहरूले पछुवा गाडीसँगै नियम र आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राखेका छन्। यसरी राखिएका सुरक्षाकर्मीलाई नेताहरूले आफ्ना घरायसी काममा प्रयोग गरिरहेको स्रोतको भनाइ छ।
नियमभन्दा बढी सुरक्षाकर्मी लिने सूचीको पहिलो नम्बरमा छन्, पूर्वराजा ज्ञानेन्द्र शाह। उनले तोकिएभन्दा १ सय ११ जना बढी सुरक्षाकर्मी राखेका छन्। शाहलाई त्यति धेरै सुरक्षाकर्मी आवश्यक नरहेको गृह स्रोत बताउँछ। ती सुरक्षाकर्मी फिर्ता गर्न सरकारले चासो दिएको छैन।
पूर्वराजापछि धेरै सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्नेमा पुष्पकमल दाहाल र शेरबहादुर देउवा पर्छन्। नेकपा अध्यक्ष दाहालसँग अगुवापछुवासहित ४८ जना सुरक्षाकर्मी छन्। गृहले उनलाई सुरक्षा चुनौती भएकैले यो व्यवस्था गरेको बताएको छ।
गृहको सूचीमा देउवालाई भने कुनै सुरक्षा चुनौती छैन। उनीसँग पछुवा गाडीसहित ४० जनै सुरक्षाकर्मी छन्। यी ४० मध्ये आठ जना देउवा श्रीमती आरजु र छोराको सुरक्षामा खटेका छन्। पछिल्लो सरकार विदा हुँदाहुँदै देउवाले श्रीमती र छोराका नाममा सुरक्षाकर्मी राख्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए।
यसरी नियमविपरीत खटिएका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता ल्याउन गृह मन्त्रालयले प्रयासै नगरेको भने होइन। गृहले पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वगृहमन्त्री, पूर्वसभामुखसहित करिब ३० नेताका अनावश्यक पछुवा गाडी र सुरक्षाकर्मी तान्न मन्त्रिपरिषदमा दुई महिनाअघि प्रस्ताव पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
तर, आफ्नै नेताका पछुवा गाडी र सुरक्षाकर्मी खोसिने भएपछि सरकारले सो फाइल अगाडि बढाएको छैन।
मुख्यसचिव लोकदर्शन रेग्मी भने विभिन्न विधेयकहरूको चापका कारण सो प्रस्तावमा निर्णय हुन ढिलो भएको बताउँछन्।
‘प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छ, भिआइपीहरूको सुरक्षा र स्कर्टिङमा सुधार गर्न खोजिएको हो। हामी छिट्टै टुंग्याउँछौं,’ उनले सेतोपाटीसँग भने।
स्रोतका अनुसार पूर्वउपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग पछुवा गाडीसहित नियमभन्दा एक जना बढी सुरक्षाकर्मी छन्। पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायत नेता पछुवासहित घरायसी काममा पनि सुरक्षाकर्मी राख्ने सूचीमा पर्छन्।
नेपालले १२, खनालले ४ र चन्दले ५ जना आवश्यकभन्दा बढी सुरक्षाकर्मी राखेका छन्।
पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ७ जना राखेका छन् भने पूर्वसभामुख ओनसरी घर्तीले पनि १३ जना बढी सुरक्षाकर्मी राखेकी छिन्।
गृहको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भए उनीहरूका पछुवा गाडी र सुरक्षाकर्मी खोसिन्छन्।
पूर्वगृहमन्त्रीलाई बढीमा चार जना सुरक्षाकर्मी दिने मापदण्ड छ। पद खुस्केको दुई वर्षपछि उनीहरूले फिर्ता गर्नुपर्ने नियम छ।
तर, पूर्वगृहमन्त्रीमध्ये कमल थापाले ३, कृष्ण सिटौलाले १६, जनार्दन शर्माले २३, पूर्णबहादुर खड्काले पछुवासहित १४ जना सुरक्षाकर्मी घरमा राखेका छन्। पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले १५, पूर्वगृहमन्त्री भीम रावलले १३, रामचन्द्र पौडेलले १३, बामदेव गौतमले १३, विमलेन्द्र निधिले १३, विजयकुमार गच्छदारले ११ र शक्तिबहादुर बस्नेतले पछुवासहित १३ जना सुरक्षाकर्मी राखेका छन्।
शक्ति बस्नेत अहिले वनमन्त्री छन्। तर, गृहमन्त्रीकै हैसियतमा सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्छन्।
गृह स्रोतका अनुसार पूर्व पदाधिकारीका गाडी र सुरक्षाकर्मी खोस्न सके शान्ति सुरक्षा र सरकारकै प्रगतिमा सघाउ पुग्छ।
‘ती सुरक्षाकर्मी सीमा सुरक्षा र राजश्व अनुगमनमा खटाउन सके राज्यलाई फाइदा पुग्छ। तर, नेताहरूले घरमा राखेर सुरक्षाकर्मीलाई नोकर-चाकरजस्तो बनाएका छन्,’ गृहका एक अधिकारीले भने।
अनावश्यक सुरक्षाकर्मी रहेको भए प्रहरी प्रधान कार्यालय वा सशस्त्र प्रहरी मुख्यालय दुबैले तान्न सक्छन्। तर, नेताहरूसँग डराएका कारण यो सम्भव नभएको प्रहरी अधिकारीहरू बताउँछन्।
‘सुरक्षाकर्मी र गाडीको व्यापक दुरुपयोग छ। मैले एक घन्टामै खोसिदिन्छु भनेको तत्कालीन आइजीसाबले मान्नुभएन,’ सुरक्षा निर्देशनालयमा बसेका एक पूर्वडिआइजीले सेतोपाटीसँग भने।
प्रहरी प्रधान कार्यालयले भने केन्द्रीय सुरक्षा समितिको अनुमोदनकै आधारमा सुरक्षाकर्मी खटाइरहेको र अनावश्यक भएकाबारे जानकारी नै नभएको बतायो।
‘कसलाई कति-के सुरक्षा दिने भन्ने गृहले भन्छ, उतै थाहा हुन्छ,’ सुरक्षा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले भने।
पूर्व नेताका पछुवा गाडी र सुरक्षाकर्मी प्रायः सशस्त्र प्रहरी बलका छन्। सशस्त्र प्रहरी मुख्यालयले भने अनावश्यक सुरक्षाकर्मी खटिएकाबारे ध्यानाकर्षण भएको बतायो।
‘कसको, के छ हामी हेरिरहेका छौं। अनावश्यक भए हटाउन सकिन्छ,’ मुख्यालय स्रोतले भन्यो।
नियमविपरीत राखिएका अधिकांश पछुवा गाडीले सडकमा समेत नियम मान्दैनन्।
गत साता मात्र लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले बानेश्वरमा स्कुटरलाई लापरबाहीपूर्वक ठक्कर दिएर हिँडेको थियो। व्यापक विरोधपछि मात्र ट्राफिकले उक्त गाडीलाई कारबाहीस्वरूप पाँच सय रूपैयाँ जरिवाना तिरायो।
ट्राफिक प्रहरीले २०७० सालमै भिआइपीका गाडी र पछुवालाई कारबाही गर्ने निर्देशिका बनाएको थियो। त्यसअघि ती गाडीले सडक नियम मिचे, कसैलाई ठक्कर दिए वा ज्यानै लिए पनि केही कारबाही हुन्थेन। सो निर्देशिकापछि लेन मिचे पाँच सय रुपैयाँ जरिवाना, ठक्कर दिने चालकलाई हिरासतमै राख्न सकिने, मुद्दा चलाउने काम सुरू भएको थियो।
‘भिआइपी सुरक्षा’ नाममा हुँइकिने पछुवा गाडीले सडक नियम नमाने पनि नेताका गाडी भएकाले ट्राफिकले कारबाही गर्न हिच्किचाउने र डराउने गरेको पूर्वएआइजी केशव अधिकारीले बताए।
‘हामीले बनाएको निर्देशिकाले प्रष्ट भनेको छ, ड्युटीमा बसेको ट्राफिकले लेन मिचेको देख्नेबित्तिकै जो कसैलाई रोकेर पूर्जी दिन सक्छ। भिआइपी होस् वा अरू कोही। तर ट्राफिकले किन नगरेको,’ पूर्वएआइजी अधिकारीले भने, ‘पूर्व पदाधिकारी कसैलाई पनि सुरक्षा चुनौती देखिँदैन। शान देखाउनकै निम्ति यो प्रवृत्ति नेताहरूमा छ।’
सरकारले भिआइपीलाई सुरक्षाकर्मी आवश्यक छ/छैन, भए कति छ भनेर मूल्यांकन गरेर मात्रै दिनुपर्ने अधिकारी बताउँछन्।
‘अमेरिकाका पूर्वराष्ट्रपति एउटा सुरक्षाकर्मी नलिई डिपार्टमेन्टमा हिँडिरहेको हुन्छन्। हामीकहाँ भने घरबाट पसल निस्कँदा पनि भिआइपीलाई गाडी र सुरक्षाकर्मीको लस्कर चाहिन्छ,’ अधिकारीले भने, ‘यो प्रवृत्ति रोकिनुपर्छ।’
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२