Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्सामा हावाहुरीले ५ सय ९ घरधुरीमा क्षति भएको पर्साका प्रमुख जिल्ला अधिकारी बाट जानकारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १९ २०७५
  • 10.7K
    SHARES

१९ चैत, वीरगञ्ज । पर्सामा हावाहुरीले ५ सय ९ घरधुरीमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरी ५ सय ९ जनाको घरमा क्षति पुगको छ । १ सय २२ वटा घर पूर्ण क्षति भएको छ भने ३ सय ८७ घरमा आंशिक क्षति पुगेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका १८ जगरनाथपुर र वडा नं २२ सुखचैनामा बढी भौतिक क्षति भएको छ । हावाहुरीले जगरनाथपुरमा २ सय ९ र सुखचैनामा १ सय १८ वटा घरधुरीमा क्षति पुर्‍याएको छ ।

पर्सामा क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पर्सामा हावाहुरीका कारण मानवीय क्षति भएको छैन । तर बारामा भएको दुर्घटनामा परेर पर्साका तीन जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुर बस्ने १८ बर्षका सरोज रामको मृत्यु भएको छ । उनको बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा हावाहुरीका कारण भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।

बारामा ईट्टा भट्टामा काम गर्दै आएका एक परिवारका दुई सदस्यको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नं ५ का हजुरवुवा नाति रामजित माझी र सुरज माझीको बारामा मृत्यु भएको हो । उनीहरुको परिवारका ४ जना सदस्य गम्भीर विरामी भई थप उपचारका लागि काठमाडौं रिफर गरिएको वडा अध्यक्ष दारा सिंहले बताए ।

दाताहरुको पर्सामा ध्यान कम

बाराको दुईवटा गाउँमा बढी क्षति पुगेका कारण दाता व्यक्ति र समूहहरुको ध्यान उतैतिर तानिएको छ । सञ्चारमाध्यमहरुले पनि बाराको भलुही भरवलिया र पुरैनियालाई नै केन्द्रविन्दुमा राखेर समाचार सार्वजनिक गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले रेडक्रस, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायसँग समन्वय गरेर राहत बाँडिरहेको छ । अन्य आवश्यक सहयोग नपुगिरहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नै बताएका छन् ।

‘प्रभावित क्षेत्र वीरगञ्ज महानगरपालिकाको भवानीपुर र सुखचैनामा म आफैं पुगेर आएँ’ उनले भने ‘हामीले खानेकुरा र त्रिपाल दिए पुग्छ होला भन्ने सोचेका थियौं । तर उनीहरुले हुरीले ह््याण्ड पाइपको माथिल्लो भाग उडाएकोले त्यसको व्यवस्था गर्न भनेका छन् । खाना पकाउने भाँडा कुडा, लगाउने कपडा समेत छैन भन्ने गुनासो पीडितहरुको छ ।’ हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४