
जनकपुर बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह सहित ७ जनालाई जन्मकैदको फैसला : जन न्युज नेपाल खवर डटकम

६ वर्ष अघि जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला) सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै आज जन्मकैदको फैसला सुनाएको छ।
आइतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाई चलिरहेको थियो।
जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो।

उक्त बम विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो। दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा जनकपुरबाट जितेका थिए।
पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालिन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए।

पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत भएका थिए । बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखेको थियो ।
साह माथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाका रहेको अभियोग समेत लागेको छ।
उक्त हत्याकाण्ड लगायत साहका अरू मुद्दाहरूपनि अदालतमा विचाराधीन छन्। तीनमा बैशाखको पहिलो हप्ता देखि बहस सुरू हुने श्रेष्तेदार झाले बताए।
धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएपनि उनले उच्च अदालतमा त्यसको पुनरावलोकन दिन भने पाउँछन्।

जन आ वाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद प्रधानसम्पादक : नेत्र बहादुर कार्की
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२