नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि अमेरिका लागेसँगै नेपाल कम्युनिष्ट पार्टीको एकतामा ढिलाइ हुने भएको छ।
विदेश प्रस्थान गर्नु अघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले एकताबारे छलफल तीव्र पारेका थिए।

कुनै जिल्लामा दुईदेखि तीन नाममा छलफल केन्द्रित थिए भने कुनै जिल्लामा एउटा मात्र नाम राखेर टुङ्ग्याउँदै लगिएको थियो’, नेकपाका एक नेताले सेतोपाटीसँग भने, ‘गृहकार्य भैरहेको थियो। तर टुङ्ग्याउने तहमा पुगेको थिएन।’
प्रचण्ड आफैंले पनि अमेरिका प्रस्थान गर्नु अघि पार्टी एकतामा ढिलाइ भैरहेको बताए। ‘एकतामा ढिलाइ भैराखेको छ। यसमा घनिभूत छलफल गर्नुपर्ने छ’, प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भने।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले हरेक दिन बिहान पार्टी एकता टुङ्ग्याउने विषयमा बालुवाटारमा बैठक गर्दै आएका थिए।
नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले भने पार्टीको जिल्ला कमिटी र जनवर्गीय संगठनहरूमा एकताका लागि गृहकार्य नै बाँकी रहेको बताए।
‘सचिवालय बैठक बसेको छैन’, खनालले भने, ‘गृहकार्य गर्ने सचिवालयले हो। दुई अध्यक्षले प्रस्ताव ल्याएपछि छलफल हुन्छ।’
नेकपाले पार्टीको सांगठनिक एकीकरण टुंगो लगाउने विषयमा स्थायी समिति बैठकमार्फत् मापदण्ड तय गर्न कार्यदल बनाएको थियो। तर काम गर्न नसकेपछि कार्यदल सचिवालयले भंग गरिदिएको थियो।
सचिवालयले सांगठनिक एकीकरणको विषयमा प्रस्ताव ल्याउन दुई अध्यक्षलाई जिम्मा दिएको छ।



अध्यक्षहरूले प्रस्ताव सचिवालयमा ल्याउनुहुन्छ’, नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘हामी छलफल गरेर स्थायी समितिमा अनुमोदनका लागि लैजान्छौँ।’
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच गत जेठ ३ गते पार्टी एकता भएको थियो। एकताको वर्षदिन पुग्न लाग्दा समेत नेकपाका जिल्ला कमिटी र जनवर्गीय संगठन तयार हुन सकेका छैनन्। त्यस्तै विधानमा उल्लेख भएपनि पोलिटब्युरो सदस्यहरू चयन भएका छैनन्।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२