Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिश्वास घाती प्रेमीहरुको लागि नेत्र बहादुर कार्कीको“लालुपाते फुलेर रातै भो” मा सुनारको अभिनय (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १५ २०७५
  • 10.3K
    SHARES

बिश्वास घाती प्रेमीहरुको लागि नेत्र बहादुर कार्कीको “लालुपाते फुलेर रातै भो” मा दुर्गेश थापाको कपि मोडेल गणेश सुनार को अभिनय (भिडियो सहित) बजारमा आयो !


काठमाडौँ । नेपालको परदेश नम्बर ३ को रामेछाप जिल्लाको गोकुलगङा वडा न ४ मा जन्मेका नेत्र बहादुर कार्कीले पहिलो पटक निकै मनछुने गीत बजारमा लिएर आएका छन् । भेगिए हिसाबले पुर्ब पश्चिम उत्तर दक्षिणका गीतहरु बजारमा छरपष्ट रहेको बेला उनले आफ्नो पहिलो प्रस्तुतिमा सबभन्दा मन पराउने खालको काठे लोक दोहोरी “लालुपाते फुलेर रातै भो” बाट साङितिक यात्रा शुरु गर्दैछन् ।

कार्की गित संगीतलाई पहिले देखिनै माया गर्दथे । उनि अहिले पेसाले पत्रकारिता पनि गर्दैछन् भने हाल राष्ट्रिय संगीतकर्मी संघको प्रदेश नम्बर ३ को कार्यसमिति सचिब समेत रहेका छन् । नेपाली गित संगीतलाई धेरै नै रुचाउने कार्कीले हालै मात्र आफ्नो पहिलो सांगीतिक कोसेलीको रूपमा “लालुपाते फुलेर रातै भो” बोलको गीत ल्याएका हुन् ।

प्रस्तुत गीतलाई नेत्र बहादुर कार्की र रामकुमार पौडेलको शब्द र रामकुमार पौडेलको लयबाट सुसजित उक्त गीतमा नेत्र बहादुर कार्की ,रामकुमार पौडेल, र मिश्रा काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । म्युजिक भिडियोमा अभिनय गर्दै दुर्गेश थापाको कपि मोडेल गणेश सुनार र रेखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । ‘लोक दोहोरी गीत “लालुपाते फुलेर रातै भो” गीतको म्युजिक भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन कृष्ण पान्डे र सम्पादन जीवन सेन्चुरी गरेका हुन ।

को हुन त दुर्गेशका कपि मोडेल गणेश सुनार ! गोर्खा घर भै हाल काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएका नब प्रतिभाशाली प्रतिभाका खानी नब मोडेल हुन गणेश सुनार ! उनी सानैदेखि अभिनय गर्न रुचाउने ब्यक्ति हुन। उनको रुचि अनुसार उनले नेपाली लोक दोहोरी क्षेत्रलाइ नै रोजेका छन । भने करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेको बताएका छन ।घर सिम्जुङ वडा न ४ अजिरकोट गाउँपालिकामा जन्मिएका मोडेल अहिले पछिल्लो समयमा केही म्युजिक भिडियोमा बेस्त भएको देखिन्छ। धेरै नै लगनशील मेहनति मिलनसार अनुसाशित ब्यक्तित्वको धनी ब्यक्ति मध्य एक मोडेल गणेश सुनार पनि पक्कै पर्छन् होला ।

उनी सामान्य गरिब परिवारको सदस्य हुन।उनले यसै क्षेत्रमा अगाडि बढने सोच बनाएको बताएका छन । यो म्युजिक भिडियो धेरै नै मार्मिक शब्दको गितमा बनाइएको हुँदा सबैलाई मन छुने कुरामा पनि गणेशले ढुक्कसँग बताएका छ्न। उनले भने नब गायक भए पनि गित राम्रो लागेर नै म यो म्युजिक भिडियो खेल्न आको छु। गणेश सुनार ले जन न्युज नेपाल खबर प्रतिनिधि संगको कुराकानीमा बताएका हुन। 

https://youtu.be/7WZQJO7aWtI

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४