राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्ला सह-सचिब निशा घिमिरे दुर्घटनामा अवस्था चिन्ताजनक आर्थिक अभावमा कलाकारको उपचार हुन सकेन सरकार मुख दर्शक ABC TV कार्यक्रम इन्द्रेणी कलाकारको साथमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको पहलमा आज राष्ट्रिय ट्रमा सेन्टरमा कलाकारहरुबाट केही रकम सामुहिक रूपमा हस्तान्तरण र सबैलाई सहयोगको लागि आबाहन गरिएको छ।
जन न्युज नेपाल खबर डट कम :
नेत्र बहादुर कार्की !
काठमाडौं / माघ १४ गते सोमबार प्रकाशीत !
राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्ला सह-सचिब निशा घिमिरे दुर्घटनामा अवस्था चिन्ताजनक आर्थिक अभावमा कलाकारको उपचार हुन सकेन सरकार मुख दर्शक ABC TV कार्यक्रम इन्द्रेणी कलाकारको साथमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको पहलमा आज राष्ट्रिय ट्रमा सेन्टरमा
कलाकारहरुबाट केही रकम सामुहिक रूपमा हस्तान्तरण र सबैलाई सहयोगको लागि आबाहन गरिएको छ। राष्ट्रिय संगीतकर्मी संघको ललितपुर जिल्ला सह- सचिब समेत रहनुभएकी गायिका तथा मोडेल निशा घिमिरे २०७५/०९/१८ गते भारतको देहरादुनमा आफ्नो ट्रेडिङमा गएको बेला अचानक सबारी दुर्घटनामा परि अचेत अबस्थामा हुनुहुन्छ ।
र उहाँको घरमा आर्थिक अवस्था सार्है नै नाजुक भएकोले र लामो समयसम्म हस्पिटलमा नै राख्नुपर्ने भएको कारणले गर्दा आर्थिक समस्याहल गराउनको लागी राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको पहलमा आज राष्ट्रिय ट्रमा सेन्टरमा सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिदै ABC TV को अत्यन्तै लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कडेल ज्युको कार्यक्रम इन्द्रेणी मार्फत सबैलाई विनम्र पुर्बक सहयोगको लागि अनुरोध गरिएको छ।
आज हामी राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की उपाध्यक्षद्दय अमृतकुमार खाती, उमा श्रेष्ठ , सचिबद्दय शर्मिला श्रेष्ठ , जीवन परियार ,केन्द्रिय सदस्य राजकुमार हुमागाइ, प्रदेश नम्बर ३ का उपाध्यक्षत्रेय डि बि लोप्चन, दिपक गहतराज , स्मृति गौतम , सचिब नेत्र बहादुर कार्की , रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ , काभ्रे जिल्ला सचिब दिनेश लामा , लगाएत करिब दुई दर्जनभन्दा बढि कलाकारहरुको उपस्थिति रहेको थियो।
भने सो कार्यक्रममा करिब ५५,५००- पचपन्नहजार पाँच सय रुपैयाँ पनि कार्यक्रम इन्द्रेणी मार्फत घाइते निशा घिमिरेको बुबालाई हस्तान्तरण गरिएको छ। घाइते निशा घिमिरेको स्वास्थ्य अवस्था ज्यादै नै नाजुक बन्दै गहिरहेको छ। भने घर परिवारलाई आर्थिक अभावले पिरलिरहेको छ।
भएको धन सम्पत्ति र घर जग्गा पनि उपचारको क्रममा सकिएको छ। भने डाक्टरको सल्लाह अनुसार निशा घिमिरेलाई लामो समय हस्पिटलमा राखेर उपचारको ब्यबस्थापन गर्नुपर्ने बताउछन् ।
त्यसकारण बाध्य भएर मिडियाको सहयोगमा देश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनी र सम्पूर्ण सहयोगी मनहरुलाइ हार्दिक अनुरोध गरिएको छ। हामी सबैले हातमा हात मिलाएर अगाडि बढनलाइ र एक असल कलाकार र एक नेपाली चेलीलाइ उपचारका लागि हामी सबैको सहयोगी हातहरु अबस्यपनी फ़ैलिने छन ।
सकेसम्म दिल खोलेर सहयोग गरौं । यदि सहयोग गर्न नसकेमा यो न्युजलाई एकपटक सेयर गरेर सहयोगि मनहरु सम्म पुर्याउने कोशिस हामी सबै जुटौं । भन्दै सम्पुर्ण नेपाली मनहरुलाई विनम्रता पुर्बक अनुरोध गर्दछौं ।
गायिका तथा मोडेल निशा घिमिरेको सिघ्रस्वास्थ्य लाभको कामना गरौ। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुण। जय गित जय संगीत जय राष्ट्रिय संगीतकर्मी संघका सम्पुर्ण परिवार :



हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२