वाइडबडी प्रकरण रविन्द्र अधिकारीको मन्त्रीपद खोस्दै प्रधानमन्त्री ओली, यी हुन् नयाँ पर्यटनमन्त्री !!! जन न्युज नेपाल खबर डट कम :
नेत्र बहादुर कार्की
पुष १८ गते बुधबार प्रकाशित :
काठमाडौं /नेपाल वायुसेवा निगमका लागि किनिएको दुुईवटा वाईडबडी जहाजमा घोटाला गरेका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारी बर्खास्तीमा पर्ने भएका छन । (ने.क.पा.) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी शर्मा ओलीले अधिकारीलाई मन्त्रीपदबाट हटाएर योगेश भट्टराईलाई नियुुक्त गर्न दबाब खेपिरहेको एक उच्चपदस्थ नेताले जानकारी दिए ।
तत्कालीन बाम गठबन्धनलाई भोट माग्न ताप्लेजुङ गएका बेला ओलीले भट्टराईलाई जिताए मन्त्रीपद दिने बताएका थिए । तर उनले ताप्लेजुङका मतदातासामु गरेको प्रतिवद्धता सरकार गठनका बेला बिर्सिएका थिए । (ने.क.पा.) का युवानेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।
वाईडवडी खरिदमा भएको घोटालाबारे अनुसन्धान गर्न संसदको सार्वजनिक लेखा समितिले एक उपसमिति नै गठन गरेको छ । मंगलबार राती अबेरसम्म बसेको उपसमितिको बैठकले ३८ पृष्ठको प्रतिवेदन तयार गर्दै विमान खरिद प्रकरणमा ४ अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरेको छ ।
मन्त्री रविन्द्र अधिकारीसहित सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राइ र शंकर अधिकारी, पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीमाथि कारबाही अघि बढाउन समेत समितिले सिफारिस गरेको छ ।
यसैगरी, एनएसीका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारलाइ जिम्मेवारीबाट तत्काल निलम्बन गरि कारबाही प्रकृया अघि बढाउन संसदीय उपसमितिले सिफारिस गरेको छ । विमान खरिद घोटालामा कंशाकारको संलग्नताबारे थप अनुसन्धान गर्न उनलाइ अख्तियार पठाइने भएको छ । सांसद राजेन्द्र के.सी. नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन आज लेखा समितिमा पेश हुँदैछ ।
महाप्रबन्धक कंसाकार मुख्य दोषी ठहर
एयरबस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले आठ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११ करोड ८१ लाख ६३ हजार निर्धारण गरिएको छ । तर, बोलपत्रमा एक हजार घन्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरेर निगम सञ्चालक समितिले निगमले पाउने तत्कालीन छुट मूल्य बढी हुनुपर्नेमा निगमलाई नोक्सान हुने गरी खरिद गरिएको देखिन्छ ।
प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेअनुसार सन् २०१६ मा विमानको मूल्य अमेरिकी डलर ८ करोड ८० लाख ९९ हजार पर्ने र निगम व्यवस्थापनले निर्धारण गरेको २ दशमलव ७६ प्रतिशत मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य अमेरिकी डलर ९ करोड ३० लाख ४७ हजार पर्ने सुझाबलाई बेवास्ता गरी १० करोड ४८ लाख अमेरिकी डलर स्वीकार गरिएको देखिन्छ ।
यसरी करिब प्रतिजहाज एक करोड १८ लाख अमेरिकी डलरका दरले दुई जहाजमा दुई करोड ३६ लाख अमेरिकी डलर (दुई अर्ब ३६ करोडभन्दा बढी) नोक्सानी भएको ठहर हुन्छ । सो रकम दोषीहरूबाट भराउन र हाल बहाल रहेका तथा तत्कालीन सञ्चालक समितिका पदाधिकारीलगायत अन्य संलग्नहरूलाई निलम्बन गरी अख्तियार दुरुपयोग गरेकोमा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।
त्यस्तै, एयरबस कम्पनीले सोही वर्षका लागि सार्वजनिक गरेको दरबमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाई सार्वजनिक खरिद ऐन ०६३ को बर्खिलाप हुने गरी प्रस्ताव छनोट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई आर्थिक नोक्सानी हुने गरी व्यवस्थापन निर्देशन दिएर करिब ६८ लाख अमेरिकी डलर नोक्सानी पु-याएको देखिन्छ ।
त्यस्तै, प्रस्तावविपरीत विमान उडानको भारक्षमता १२ मेट्रिक टन घटाएर ८४ लाख अमेरिकी डलर क्षति पु-याएको देखिन्छ । त्यसैले विमान खरिद अनियमिततामा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुनबमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न, कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सार्वजनिक लेखा समितिलाई सिफारिस गरिएको छ ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।================================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२