
मलेसिया रिटर्नी समाजको प्रथम राष्ट्रिय भेला काठमाडौंमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै भब्य र सभ्य रूपमा सम्पन्न !!! जन न्युज नेपाल खबर डट कम : नेत्र बहादुर कार्की
पुष १७ गते मंगलबार प्रकाशित !
काठमाडौं / १७ पुस । ‘नेपालका १ करोड २८ लाख पुरुषले महिनामा एकपटक कपाल काट्दा कति पैसा बाहिरिन्छ ? त्यो उद्यम हो कि होइन ? नेपाली युवाहरुले कपाल काट्ने पेशा अपनाउँदा के होला ?’ सोमबार युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले यो प्रश्न उठाएका छन् । चावहिलस्थीत ए वान क्याफे पार्टी प्यालेसमा मलेसिया रिटर्नी समाज, नेपालद्धारा आयोजित कार्यक्रममा ढुङ्गेलले यस्तो बताएका हुन् ।
उनले २४ भन्दामाथि ४० वर्षसम्मका युवालाई सम्पूर्ण रुपमा देशको विकास र समृद्धिमा लाग्न प्रयत्न गर्ने हो, नेपाल सरकारले एकद्वार प्रणालीअनुरूप युवाका अधिकारहरुलाई हरेक वडापालिकासम्म लैजानुपर्ने पनि बताएका थिए ।
प
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका महानिर्देशक राजन प्रसाद श्रेष्ठले समृद्ध नेपालमा युवाहरुको हात रहने भएकैले विदेशबाट फर्केकाहरुलाई १० लाख सहुलियत ऋण दिन लागिएको बताए । यसको लागि युवाहरुले सिर्जनात्मक योजना भने ल्याउनुपर्ने बताए । 
कार्यक्रममा काठमाडौ महानगरपालिका बडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोल, गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आले, पत्रकार कोपिला गौतम तथा देवेन्द्र सुर्केलीले पनि बोलेका थिए ।

चालिसेको नेतृत्वमा २१ सदस्यीय कार्य समित चयन
भेलाले सुनिल चालिसेको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ, उपाध्यक्ष विनोद खड्का, कोपिला गौतम, महासचिव रामचन्द्र नेपाल, सचिव विष्णुहरि भण्डारी, कोषाध्यक्ष प्रकाश क्षेत्री रहेका छन् । 
सदस्यहरुमा तोया न्यौपाने, वीरेन्द्रप्रसाद बाँस्कोटा, दामोदर गौतम, कृष्ण खड्का, विजय शर्मा, बसन्तराज गौतम, टीका ओली, सारा पौडेल, अन्जली तामाङ, फूलमाया थिङ्, सुकराम परियार, राजेश दास, रामप्रसाद देवकोटा र डिलबहादुर तामाङ रहेका छन् ।
भेलाले निम्न वुँदाहरुलाई कार्यक्रम बनाएको छ ।
- बैदेशिक रोजगारीका क्रममा मलेसियावाट फर्किएका नेपालीहरूलाई एकत्रित गरी सामुहिक प्रयासहरूको थालनी गर्न तथा फर्कि आएका नेपाली आप्रवासीहरूको संजालको विकास गर्न,
- विदेशमा सिकेको सिपलाई नेपालमा सदुपयोग गर्न र गराउन,
- विदेशवाट फर्किसकेपछि आआफनै किसिमले विभिन्न काम ब्यवसाय गरिरहनु भएकाहरूको अनुभव आदान प्रदान गराई सोबाट सिक्ने वातावरण तयार गरी नयाँ फर्किनुभएका साथीहरूलाई पुनर्एकिकरण गर्न सहजीकरण गर्न
- विदेशबाट फर्किआएकाहरू र उनीहरूका परिवारमा वित्तिय साक्षरताको अभिबृद्धि गर्न र कमाएको धनको सही सदुपयोग गरी राष्ट्र निर्माणमा योगदान गर्न,
- विदेशमा रहेका रविदेशबाट फर्कि आएकाहरू विच विभिन्न सामुहिक लगानीहरूको संभावनाहरूको खोजी गर्न,
- नेपाल सरकारले विदेशवाट फर्किएका नेपालीहरूलाई प्रदानगर्न थालेको सहुलियत दरको ऋण कसरी प्राप्तगर्ने र त्यसलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने वारेमा सचेतना जगाउन तथा आवश्यक सुझाव पेश गर्न,
- वैदेशिक रोजगारीलाई ब्यवस्थित सुरक्षित र मर्यादित वनाउनको लागि संघ, प्रदेश र स्थानिय सरकारहरूलाई नीतिगत तथा कार्यक्रमगत सुझावहरू उपलब्ध गराउन,
- विदेशबाट फर्किआएकाहरूको अनुभव, ज्ञान, सिप र लगानीलाई देश विकासमा लगाउनका लागी रणनीतिक वहशमार्फत संघ, प्रदेश र स्थानिय तहका सरकारहरुलाइ सुझावहरु पेश गर्ने !
- लगाएतका काम गर्ने गराउने र अब बिदेशबाट फर्केका युवाहरूलाई देश बिकाशको काममा योजनाबद्ध ढङ्गबाट केन्द्र प्रदेश हुदै स्थानीय सरकारसम्म पुर्याउने काम गर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको थियो।
- हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२