Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डिग्रि सकेर पनि रोजगारी नहुदा कुखुरामा भबिष्य खोज्दै अमित !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १६ २०७५
  • 7.6K
    SHARES

नेत्र बहादुर कार्की :
विराटचोक / डिग्री सकेर पनि नेपालमा राम्रो रोजगारीको बाताबरण नहुदा खेरि  धेरै युवा नेपलमा बसेर कमाई नहुने भन्दै विदेश तिर पलायन भइरहेका छन् । तर नेपालमै वसेर कुखुरा मार्फत पनि केहि युवाहरुले भने आफनो भविष्य खोजि रहेका छन । मासु वेचेर होस या कुखुरको फुल (अन्डा) बेचेर होस ।

लाखौ रुपैया खर्चेर विदेश गएका यूवाका लािग अहिले सुन्दरहरैचा ३ का अमित खड्का उदाहरणका पात्र बनि रहेका छन । २६ वर्षे खड्काले व्यवस्थापन संकाय वाट एमविए गरेका छन्, स्नाकोत्तरको सर्टिफिकेट दराजान थन्काएर उनले कुखुरामानै आफ्नो भविष्य खोजि रहेका छन । कृषि विकास वैकबाट अवकाश प्राप्त बुवाको साथ, सहयोग पाए पछि खड्काको उत्साह दोव्वर भएको छ । वुवाले गाई फार्मको तयारीका लागी लिएको जग्गामा दुवै बाबु छोरा कुखुरा पाल्न तर्फ लम्किए । तिन वर्ष अघिबाट एक हजार कुखुरा पालेर व्यवसाय शुरु गरेका खड्काले हाल फार्मबाट करिव दैनिक सात हजार अण्डा उत्पादन गरीरहेका छन् । लेयरस जातको कुखुरा पालेर आफनो भबिष्य खोजि गर्न थालेका अमित कुखुरी काँ गरे सगै फार्मको काममा आफ्नो कर्मचारी सगै काम गर्न थाल्छन् र शुरुहुन्छ उनको पैसा टिप्ने अभियान ।

७ हजार भन्दा वढि अन्डा उत्पादन हुने कुखुरा पालेको खडकाले बताए । सवै खर्च कटाएर मासिक २ लाख भन्दा वढि आम्दानि हुने गरेको उनि बताउछन् । एक बिघा जग्गामा ४ वट्टा टहरा बनाएर अन्डा उत्पादनमा लागि रहेका खड्का ह्याचरी उद्योगको सम्भावना र चुनौतिको अध्ययन पनि गरिहेका छन् उनि ह्याचरी उद्योग स्थापना गर्ने उद्देश्य रहेको बताए ।

फार्मबाट उत्पादन गरेको कुखुरका अण्डा धरान, ईटहरी, इनरुवा बिराटनगर लगायत स्थानिय बजारमा खपत हुन्छ । उनले फार्ममा तिन जना लाई प्रत्यक्ष रोजगार दिइरहेका छन् तर यनि समेत आफु पनि काममा खट्न कति पनि पछि पर्दैनन् ।
मेहनत अनुसारको कमाई नेपालमै राम्रो हुने गरेको उनको भनाई छ । म बिदेश गएको भए मासिक १ लाख रुपैया कमाउथे होला र नेपालमै वसेर अहिले त्यो भन्दा वढि कमाई गरेको छु । उनले थपे घर परिवारको माया साथ सहयोग पनि पाईरहेको छु । नेपालमै सुन फल्छ भनेको सुनेको थिए अमितले भने मेरा कुखराले अहिले मलाई सुन दिईरहेका छन । कुखुरा कराउदा पनि अहिले पैसा फलि रहेकोछ जस्तो लाग्न थालेको उनले सुनाए । काममा आफै खट्ने हो भने जुन सुकै व्यावसाय पनि फस्टाउछ तर कामदारको भरमा छाडनु भएन ।


अहिले मेरा लागि अमेरिका यहि अष्ट्रेलिया यहि जस्तो लाग्न थालेको छ, बैक तथा बितिय संस्थाहरुले सस्तो ब्याजदरमा ऋण लगानि गरे हुने थियो । शुरुवातमा डिग्री सकेर पनि कुखुरा पाल्दा मानिसले केहि भन्छन कि जस्तो लाग्थो अहिले भने पैसा समाउदा आन्नद आउँछ उनले भने । भारतिय बजारका कारण कहिले काँहि अण्डाको भाउ गिरावट आउने गरे पनि घाटा भने नहुने गरेको उनले बताए । अहिले अन्डा बेचछु पछि कुखुरा बेच्छु गर्न सक्दा जहाँ पनि पैसा छ !उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४