Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विप्लवको यति ठुलो घोषण : निर्मलाको हत्यारा पत्ता लगाएर हाम्रो पार्टीले कारबाही गर्छ ! प्रकाण्ड :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ९ २०७५
  • 3.1K
    SHARES

विप्लवको यति ठुलो घोषण : निर्मलाको हत्यारा पत्ता लगाएर हाम्रो पार्टीले कारबाही गर्छ ! प्रकाण्ड :
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि नेत्र बहादुर कार्की :

काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले देश अहिले विदेशीको नियन्त्रणमा रहेको बताउनुभएको छ ।
ठूला परियोजना आफ्नो स्वार्थका लागि राष्ट्रलाई दाउमा राखेर विदेशीको पाउमा चढाउने प्रवृतिले देशमा विदेशीको हस्तक्षप बढेको उहाँको भनाई छ ।भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले देशलाई टुक्रा–टुक्रा पार्ने षड्यन्त्र देश बाहिर र देश भित्रैबाट चलिरहेको दाबी पनि गर्नुभयो ।
प्रकाण्डले ओली सरकार बनेपछि देशमा थुप्रै राष्ट्रघाती कामहरु अगाडि बढेको आरोप लगाउनुभयो ।
बुढिगण्डकीको काम प्रचण्डले चीनलाई दिने, देउवाले भारतलाई दिने र ओलीले फेरि चीनलाई दिने परिपाटीबाटै देश विदेशीको चलखेलमा रहेको प्रष्ट हुने प्रकाण्डको भनाई थियो । उहाँले डरलाग्दो रुपमा देशमा राष्ट्रघात रहेकाले नागरिकलाई देश रहन्छ वा रहँदैन भन्ने चिन्ता रहेको बताउनुभयो ।
समृद्धिको नारा दिने सरकार नै देश विकासको मुख्य बाधक रहेको प्रकाण्डको जिकिर छ । ‘नेपालका संसदवादीहरु भ्रष्टाचार गर्नकै लागि जन्मिएको, दलाल गर्न जन्मिएको जस्तै देखिएको छ’ प्रकाण्डले प्रश्न गर्नुभयो, ‘हिजोका भूइँफुट्टा मान्छेहरु आज कसरी रातारात करोडपति बने ?’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय २२ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटनामा सरकारकै संलग्नता रहेको प्रष्ट हुने प्रकाण्डको आरोप छ ।
‘निर्मला काण्डमा सरकारले केही गर्न सक्दैन’, प्रकाण्डले भन्नुभयो, ‘हाम्रो पार्टीले अपराधि पत्ता लगाएर कारबाही गर्छ ।’ उहाँले आफूहरुले वैज्ञानिक समाजवाद ल्याउन २०६२÷६३ को आन्दोलन गरे पनि देश दलल पूाजीवादको हातमा गएको बताउनुभयो ।
‘दलाल पूँजीवादी वर्ग नै नेपालको विकासको बाधक हो । अहिलेका राजनीतिक दललाई शहीद, किसान, गरीबको चिन्ता छैन, सत्तामा जाने मात्रै चिन्ता छ’, प्रकाण्डले भन्नुभयो ।
‘सरकारका मन्त्रीहरुको काम भनेको भष्ट्रचार र कमिसन खाने भएको छ । ओलीले भष्ट्राचार देखेर पनि बुच पचाउनु भएको छ’, नागरिक उड्यन मन्त्रालयको कुरा निकाल्दै प्रकाण्डले भन्नुभयो, ‘६ अर्बभन्दा बढी भ्रष्टाचार भएको ओलीलाई किन थाहा नभएको ?’
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४