नभ प्रतिभाशाली गायक बिबश बस्नेतले पस्केका छन ! दशै तिहार गित :लेखु सहयात्रीको शब्द र दिपक शर्माको संगीतमा ‘परदेशीको दशैँ तिहार’ (भिडियो सहित)सर्बत्र युटुब बजारमा उपलब्ध छ।हेर्न नभुलनु होला :
काठमाण्डौं असोज १९ भर्खर मात्रै नेपाली नारीहरुको महान पर्व हरि तालिका तिज सकिएको छ। र हिन्दुहरुको सबैभन्दा ठुलो महान चाड दशै र तिहार आउँदै छ । यसै दशैँ तिहार लाई लक्षित गर्दै बिभिन्न गीत संगीतहरु पनि बजारमा आइरहेका छन् । सोहि क्रममा आफुलाई स्थापित गराउँदै आएका रामेछाप जिल्लाको बाम्त्ति भन्ड्डारमा जन्म लिएका नभ प्रतिभाशाली चर्चित गायक बिबश बस्नेतले ‘रामेछापको धरोहरको रूपमा उदयमान गायकले परदेशीको दशैँ तिहार’बोलको गीत नेपाली बजारमा लिएर आएका छन् । नेपालमा बेरोजगारीको समस्याले गर्दा परदेशमा रोजगारीका लागि गएका छोरा, महान चाड दशैँ तिहारमा आउन नपाउंदाको पिंडा गीतको भिडियोमा उतारिएको छ ।
‘परदेशीको दशैँ तिहार’ बोलको गीतलाई लेखु सहयात्रीले कोरेका हुन् भने लय दिपक शर्माले भरेका छन् । सहारा फिल्म्स एण्ड इन्टरटेनमेन्ट प्रस्तुतिमा म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गितको म्युजिक भिडियोलाई निर्देशन शिवन् पोखरेल गरेका हुन् भने सम्पादन अधिनायकमान सेरचन र छांयाकन अजय रेग्मीले गरेका छन् । भिडियोमा अमृत, अर्चना, शेर बहादुर र कल्पना को अभिनय देख्न सकिन्छ । बधाई तथा सफलताको शुुुभकामना छ। भाइ बिबश बस्नेत लाई