Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 नेपालीहरुको खर्चिलोबीच भड्किलो तीज  २०७५


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ८ २०७५
  • 4.3K
    SHARES

जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं  भाद्र ८ गते  शुक्रबार :-

Gaunsahar
 काठमाडौं :- नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ ।
तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताइन्।
“एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उनले भनिन् । धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको उनको भनाइ थियो ।
तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सुस्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ ।
तीजको आफ्नै मौलिकता रहे पनि आर्थिक आडम्बरका कारण यसको मौलिकताम समेत ह्रास हुँदै गएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालकी जिल्लासदस्य अम्बिका भण्डारीले बताइन् । “धन प्रशस्त हुनेले तीजलाई भड्किलो बनाउँदा यसले विकृति त ल्याएको छ नै, तीजका मौलिक गीतसमेत हराउँदा पछिल्ला वर्षमा यो रत्यौली जस्तो बनेको छ,” उनले भनिन् ।
नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले गम्भीर चिन्ताको विषय बनाएको उनको भनाइ थियो । केही वर्ष अघिदेखि तीजका नाममा महङ्गा गहाना र कपडाको प्रदर्शन गर्ने प्रवृत्ति चुलिएको भए पनि पछिल्ला वर्ष भने त्यसमा नियन्त्रण आएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलको धारणा थियो ।
महङ्गा गरगहनाको प्रयोग कम हुँदै गए पनि खानपिन र भोजभतेरमा भने अझै नियन्त्रण हुन नसकेको बताउँदै उनले त्यसका लागि प्रत्येक टोल तथा समुदायमा सचेतना अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याइन् । नेपाली समाजमा विसं ०६६ पछि ०७० सम्म तीजमा महङ्गा गरगहनाको प्रयोग निकै बढेको पाइन्छ । यस समयमा जग्गाको अत्याधिक किनबेचसँगै गरगहनाको प्रयोग त्यही रूपमा बढेको हुनसक्ने महिला विकास समिति, पोखराकी सदस्य सीता भुसालको धारणा थियो ।
आर्थिक सम्पन्नताको प्रदर्शनकै लागि महङ्गा गरगहना लगाउने, महङ्गा होटेलमा डेढ महिनाअघिदेखि नै भोज खाने बढ्दो क्रमले विपन्न वर्गमा मनोवैज्ञानिक असर पार्ने उल्लेख गर्दै उनले तीजजस्ता धार्मिक आस्थाका संस्कृति विकृतिमा परिणत भएकाले सामाजिक सङ्घ संस्थाको सहकार्यमा जागरण अभियान थाल्नु अपरिहार्य भएको बताइन् ।
मीतेरी नारी समूहकी पूर्वअध्यक्ष पवित्रा जिसीले एकताबद्ध प्रयासबाट सचेतना अभियान अघि बढाउन सके समाजमा हुनेखाने र हुँदा खानेबीचको बढ्दो दूरीलाई कम गर्दै तीज पर्वको मौलिकतालाई जगेर्ना गर्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नु हुन्छ ।
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४