Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ वटा एम्बुलेन्स हस्तान्तरण गर्दै ‘कान्छाराम’ ले पूरा गरे चुनावअघिको जनतासँग गरेको बाचा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २० २०७५
  • 6.9K
    SHARES

६ वटा एम्बुलेन्स हस्तान्तरण गर्दै ‘कान्छाराम’ ले पूरा गरे चुनावअघिको जनतासँग गरेको बाचा

Gaunsahar

रामेछाप, मन्थली । निर्वाचनपूर्व जनतासँग गरेको बाचा प्रतिनिधि सदस्य उमेदवार एवम् उपविजेता पूर्णबहादुर तामाङ्ग (कान्छाराम) ले शनिबार ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेसँगै पूरा गरेका छन् ।

एम्बुलेन्सको साँचो हस्तान्तरण मन्थली  आएका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट गरिएको थियो । साँचो हस्तान्तरण गर्ने क्रममा सभापति देउवाले व्यवसाय एवम् आम्दानीको केही रकम कट्टा गरेर सामाजिक कार्यमा लगाउनु समाजप्रति समर्पित भाव भएको बताए ।

शुक्रबारै मन्थली पुगेका देउवाले अर्को प्रसङ्गमा मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्ने बताएका छन् । देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको पनि कार्यकर्तामाझ स्पष्ट पारेका छन् ।

शेरबहादुर तामाङ्ग-जमुना तामाङ्ग प्रतिष्ठानद्वारा शनिबार रामेछापको सदरमुकाम मन्थलीमा उक्त एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रममा देउवासहित दर्जन नेता पुगेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा उपविजेता भएका नेपाली कांग्रेस रामेछापका उमेदवार पूर्णबहादुर तामाङ्ग (कान्छाराम)को सहयोगमा जिल्लाका विभिन्न नगर र गाउँपालिकाका लागि ६ वटा एम्बुलेन्स वितरण गरेका हुन् ।

कार्यक्रममा महामन्त्री डा. सशांक कोइराला, संसदीय दलका उपनेता बिजय गच्छदार, पुर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्यहरु : चित्रलेखा यादव, विर बहादुर बलाएर, शिव हुमागाईं, मोहनबहादुर बस्नेत, कांग्रेस नेता एवम् देउवाका सहपाठी शिवबहादुर खड्का लगायतको नेतृत्वतह रामेछापमा पुगेका हुन् ।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, पूर्व पार्टी सभापति रामचन्द्र खड्का,उपसभापति जितेन्द्र मोक्तान, नारायण बहादुर खड्का, बीरबहादुर तामाङ्ग, भरत चौंलागाईँलगायत जिल्लास्तरीय तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो ।

महाधिवेशन प्रतिनिधिसमेत रहेका कान्छारामले प्रतिनिधिसभा निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गरेका हुन् । उनले चुनावको समयमा जनताको बीचमा रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत विभिन्न स्थानमा एम्बुलेन्स दिने घोषणा गरेका थिए ।

निर्वाचनमा उपविजेता भएपनि चुनावका बेला गरेको बाचा पूरा गरेकोमा स्थानीयबासी हर्षित देखिन्थे । स्वास्थ्य जस्तो कुरामा समवेदनशील भएर यसरी सामाजिक सेवामा समार्पित भएकामा भाषण गर्ने सबैले उनको प्रशंसा गर्नुका साथै आगामी दिनमा सामाजिक सेवामा हातहरु निरन्तर अघि बढिरहोस् भन्ने कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४