वैदेशिक रोजगारबाट फर्किएका युबाहरुलाइ राज्यको निति कार्यक्रम र योजना संग जोडनलाइ गरिएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्ट “बेरोजगार भए सूचना दिनुस्, सरकारले दिन्छ रोजगारी:-

”==================================जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं असार २७ गते बुधबार :-
===================================
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने दाबी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै मन्त्री विष्टले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिएको बताए ।
सरकारको पहिलो प्राथमिकता देशभित्रै रोजगारी दिलाउने भएकाले श्रमको सम्मान गरिने र आन्तरिक रोजगारीका पर्याप्त अवसर सृजना गर्न न्युनतम रोजगार प्रत्याभुत दिने कार्यक्रमको खाका तयार पार्ने काम भैरहेको जानकारी दिएका छन् ।अब स्थानीय तहसम्म रोजगार सुचना केन्द्र खोलिने र ती सूचनाकेन्द्रमा बेरोजगार युवाले आफ्नो पूर्ण विवरण सहित सुचना दिन पाउनेछन् । त्यसैको आधारमा निश्चित समय भित्र उनीहरुलाई रोजगारी दिने व्यवस्था मिलाइने मन्त्री विष्टको दावी छ ।यदि राज्यले रोजगारी दिन सकेन भने प्रत्याभुत हुने गरि कानुनी व्यवस्था गरिने समेत मन्त्री विष्टले बताए ।
‘यसका लागि मन्त्रालयले विभिन्न मन्त्रालयहरुसँग घनिभुत छलफल गरिरहेको छ । केहि दिनमै स्पष्ट खाका सहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिनेछ’, मन्त्री विष्टले भने, ‘तत्कालका लागि वैदेशिक रोजगारमा देखिएका बेथिती र विसंगती रोक्नु आवश्यक भएकाले त्यसतर्फ सरकारले महत्वपुर्ण कदम चालिसकेको दावी गरे ।’

लाखौं युवाहरुको पसिना र रगत माथी खेलवाड गर्ने तत्वहरुलाई परास्त गर्न नितीगत तथा कानुनी निर्णयहरु लिइसकिएको दावी गर्दै श्रममन्त्री विष्टले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका वेथिती रोक्नका लागि सरकारले चालेका कदमहरुले कतिपयलाई अस्हय भएको बताए ।
‘केहि विरोधका स्वर पनि सुनिएका छन् । तर वेथिती रोक्ने सवालमा सरकारलाई त्यस्ता विरोधले कुनै फरक पार्दैन’, ‘यसमा सबै सचेत रहन जरुरी छ । वैदेशिक रोजगारीमा दुःख कष्ट भोगेर फर्किएका साथीहरुले सन्देश फैलाउन जरुरी छ ।’

एकातिर नेपाली युवाले रोजगारी नपाएको तर श्रम बजार भने काम गर्ने मान्छे नपाएर विदेशी श्रमिक ल्याइरहेको भन्दै मन्त्री विष्टले श्रम बजारको माग र युवाको रोजगारीबीच तादम्यता मिलाउने तर्फ सरकारको गम्भिर ध्यान गएको बताए ।
नेपालमा २ दिन अघि मात्रै श्रमिकको न्युनतम तलब १३ हजार ४ सय ५० तोकिएको छ । अन्य सुविधा सहित औसत झण्डै १६ हजार न्युनतम तलब बुझ्ने अवस्था देशभित्रै बनेको छ । तर औसत २० हजार आम्दानीका लागि नेपाली युवा ऋण धन गरेर विदेश गइरहेका छन् ।
वैदेशिक रोजगारीबाट रेमिट्यान्स मात्रै भित्रिएको छैन, दैनिक ३,४ वटा नेपाली युवाको शव पनि भित्रिएको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण ठूलो सामाजिक मूल्य चुकाउनु परिरहेको अवस्था छ । त्यसैले अब नेपाली युवालाई नेपालमै संभावना छ भन्ने सन्देश फैलाउन जरुरी भएको विष्टले बताए ।
‘नेपालीको श्रम, सिप नेपाल बदल्नका लागि भन्ने जागरण ल्याउनुछ, त्यसतर्फ सरकारले विशेष कार्यक्रम ल्याउने छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले पनि अरु युवालाई देशभित्रै पौरख गर्न प्रेरित गर्नुआवश्यक छ’, मन्त्री विष्टले भने ।अन्तिम चरणमा रहेका अत्याधुनिक अनलाइन प्रणाली केहि दिनमै सञ्चालनमा ल्याइने विष्टले बताए । उक्त प्रणाली सुरु भएपछि वैदेशिक रोजगारीमा जाने युवा ठगिनु नपर्ने र वैदेशिक रोजगारीमा जाने जो कसैको विस्तृत विवरण प्रणालीमा सुरक्षित हुने व्यवस्था मिलाएको उनले सुनाए ।जाने क्रममा मात्रै हैन, फर्किंदा पनि कुन देशमा कस्तो प्रकारको काम गरेर आएका छन् भन्ने रेकर्ड राखिने, सोहि आधारमा सिप प्रमाणिकरणको व्यवस्था गरिने र यसले देश भित्रै रोजगारीका दिलाउन सहज हुने श्रममन्त्री विष्टले बताए ।कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य सिप लिनुपर्ने बाध्यकारी नियम अबको केहि समयभित्रै ल्याइने समेत खावी गरेका छन् । त्यसैगरि युुुवा तथा खेलकुद मन्त्री जगत बहादुर बि क ले भन्न भयो अब नेपाली युवाहरूलाई बिदेेश जानबाट रोक्नुपर्छ । सरकारले अब युवाहरूलाई दक्ष
बनाउनु पर्ने र सीप र क्षेमता को आधारमा रोजगारीकको अबसर दिनुपर्नेमा जोड दिनु भएको थियो। भने युवाहरूलाई सीप र दक्षतालाई मुल्यांकन गर्नुपर्ने र बिदेश बाट फर्किनु भएको युबाहरुलाइ सम्मानित तबर रोजगारीको सिर्जना गर्न सरकार तयार रहेको बताउनुभयो । त्यसै गरि युवा स्वरोजगारका उपाध्यक्ष ले अबको आबश्यकता युवाहरूलाई दक्षता बनाउनेतर्फ र रोजगारी दिएर नेपालमा नै रोक्नुपर्छ भन्नुभएको थियो। यतिबेला नेपालका गाउँमा युवाहरूको खरेडी परेको अवस्था छ।लास उठाउने सम्म मद्दत हुन नसक्ने अबस्थामा छ। नेपाल यस्तो हुन नदिन सरकारले बिशेष पहल कदम चाल्नुपर्ने कुरामा जोड दिनुभएको थियो। भने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुङेल ले अब युवाहरूलाई वैदेशिक बनाउने तर्फ होइन स्वरोजगारी बनाउनेतर्फ सबैको ध्यानाकर्षण गर्नु भएको थियो। उहाँले भन्नुभयो अब सरकारले युवाहरूलाई बिदेश पलायन हुनबाट रोक्न सक्नुपर्छ । र रोजगारीको सिर्जनात्मक भुमिका खेलेर रोजगारी दिएर नेपाल भित्र नै राख्न सक्नुपर्छ भन्नुभएको थियो । भने सो कार्यक्रममा बोल्ने बक्ताहरुले आ- आफ्नो भनाइ राखेका थिए । भने कार्यक्रम दुई चरणमा समाप्त भएको थियो। पहिलो चरणको कार्यक्रमको प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिशेष अतिथि जगत बहादुर बि क राष्ट्रिय युवा परिषद का कार्यकारी उपाध्यक्ष माधब ढुङेल लगाएत बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । भने दोस्रो चरणको सभापतितब राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ले गर्नु भएको थियो। कार्यक्रम बिहान ७:०० बजे बाट शुरु भएको थियो भने दिउँसो १:४५ बजे सम्म चलेर समापन गरिएको थियो।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने साथमा जन आवाज मासिक प्रोमोटर ले हजुरहरुको सामु नयाँ खोज मुलक सम्प्रेषण गरिरहेका छौ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
आवाज बिहिनहरुको आवाजलाई बुलन्द गर्ने तपाईंहरुको हरपलको साथी जन न्युज नेपाल खबर डट कम लाई माया गर्नु होला ।।
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२