सभापति देउवा शुक्रबार मन्थली जाने, शनिबार एम्बुलेन्स वितरण गर्ने
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि रामेछाप :-असार २२गते शुक्रबार :
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार नेपाली काँग्रेश रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेश रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनावको समयमा रामेछापेली जनतासँग गरेको प्रतिबद्धता अनुसार ६ वटा एम्बुलेन्स वितरण गर्ने भएका हुन् |

असार २३ गते शनिबार रामेछापको सदरमुकाम मन्थलीमा भब्य समारोहको आयोजना गरि नेपाली काँग्रेशको सभापति एबं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बाहुलीबाट एम्बुलेन्स वितरण गर्ने कार्यक्रम रहेको छ ।
एम्बुलेन्स वितरण गर्ने कार्यक्रमको निम्ति सभापति एबं पूर्व प्रधानमन्त्री देउवा असार २२ गते शुक्रबार नै मन्थली आइपुग्नुहुने कार्यक्रम रहेको छ ।
यस कार्यक्रममा सहभागी भैदिनुहुनको निम्ति नेपाली काँग्रेश रामेछापको प्रतिनिधि सभा सदस्यको उम्मेदवार एबं महाधिवेशन प्रतिनिधि पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप निवासी सम्पूर्ण जनतालाई अपिल गर्नुभएको छ ।


उनले चुनावको समयमा रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगायत विभिन्न स्थानमा एम्बुलेन्स दिने घोषणा गरेका थिए ।
नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले ‘निर्वाचनको समयमा जनताको बीचमा एम्बुलेन्स दिने बाचा गरेको थिए, निर्वाचनमा पराजित भएपनि म रामेछापका जनताको सेवामा लाग्छु ।’ एम्बुलेन्स वितरण भएपछि गाउँबाट अस्पतालसम्म बिरामीलाई लैजान सहज हुने नेपाली काँग्रेसको नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) को विश्वास रहेको छ ।
निर्वाचनको समयमा गरेको घोषणा अनुसार नै कान्छारामले एम्बुलेन्स वितरण गर्न लागेका हुन् । उनले उमाकुण्ड गाउँपालिकाको प्रिति, भुजी र गुप्तेश्वरलाई सेवा दिने गरी एउटा एम्बुलेन्स दिने भएका छन् । त्यसैगरी सुनापति गाउँपालिकाको बेथानलाई एउटा, दोरम्बा गाउँपालिकाको डडुवा र दोरम्बा दुई वटा, मन्थली नगरपालिकाको गेलुमा एउटा र खाँडादेवी गाउँपालिकालाई एउटा गरी छ वटा एम्बुलेन्स वितरण गर्ने भएका छन् । एम्बुलेन्स वितरण भएपछि बिरामी पर्दा अस्पतालसम्म बिरामी लैजान स्थानीयलाई सहज हुनेछ ।
नेपाली काँग्रेश रामेछापको नेता कान्छारामले खरिद गरेको एम्बुलेन्स वितरण गर्नको लागि पार्टी सभापति शेरबहादुर देउवा मन्थली आउने भएका हुन् ।आवाज बिहिनहरुको आवाज बुलन्द गर्ने तपाईंहरुको सहयात्री जन आवाज मिडिया हब पा.लि द्दारा संचालित जन न्युज नेपाल खबर डट कम:-
====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२