सरकार लाई खबरदारी सरकार यिनलाई रेल होइन पहिला एउटा पक्की पुल बनाइदेउ दबाबको लागि सबैले सक्दो आवाज उठाउन आग्रह गर्दछौं ।
====================

====================
जन न्युज नेपाल खबर डट कम विशेष प्रतिनिधि काठमाडौं असार २० गते बुधबार :-
====================
काठमाडौं ,पहिलोपटक प्रधानमन्त्री भएको बेला केपि शर्मा ओलीले नेपालमा रेल चलाउने भन्दा धेरैले ठट्टामा उडाए। तर ओली अहिले प्रधानमन्त्री भएपछि रेल चलाउने कुरा भाषणमा होइन योजना मै समेटिन थालेको छ। अहिले त नेपाल आफैंले मात्रै होइन छिमेकी देश भारत र चिनले समेत रेल-मार्ग बनाउने भनेपछि धेरैलाई आफ्नै पालामा रेल चढन पाइएला त भन्ने कौतुहलता बढेको छ।
उत्तरको रेल काठमाडौंमा ल्याउने सम्झौता भएको २ बर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ।सम्झौता कार्यान्वयन हुने हो भने काठमाडौं दुई देशको रेल-मार्गबाट जोडिने छ। नै अरु ठाउँमा पनि रेल कुदनेछ।
रेल-मार्ग बिस्तारमा दुई छिमेकीको प्रतिस्पर्धा नेपालमा रेल-मार्ग बिस्तार गर्न दुई छिमेकी बिच प्रतिस्पर्धा नै देखिएको छ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा बेला रेल लाइन बिस्तारका बिषयमा चार बुदे सम्झौता भएको थियो । भारतले रक्सौलदेखि काठमाडौंसम्म रेल-मार्ग जोडन सहमत भएको छ।नेपाल भारत सिमा क्षेत्र रक्सौलसम्म अहिले पनि रेल चलिरहेको छ।रक्सौलदेखि बिरगंज हुदै काठमाडौं विद्युतीय रेल-मार्ग भारतको लगानीमा बनाउने भनिएको छ। त्यसको लागि एक बर्ष भित्र नेपाल सरकारको सहयोगमा सभ्रेक्षण सुरु गर्ने सहमति भएको हो।
रेल बिभागका प्रबक्ता प्रकाशभक्त उपाध्यायले नेपाल र भारत सरकारबिच भएको यो सहमति निकै सकारात्मक रहेको बताउनु हुन्छ।उहाँले बिरगंज काठमाडौं रेल-मार्गको सम्भावना अध्ययन समेत गरिरहेको जानकारी समेत दिनु भयो।तर बिगतमा भारतसँग भएका विभिन्न आयोजना अझै अलमल मै रहेकाले बिधुतीय रेल बिस्तार पनि कार्यान्वयन हुनेमा बिश्वास गर्न नसकिने बिज्ञहरुको बुझाइ छ।त्यस्तै चिनले पनि केरुङबाट काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म रेल जोडनेगरी योजना अगाडि सारेको छ।यसअघि २०७२ चैतमा भएको ओलीको चीन भ्रमणमा केरुङबाट रसुवागढी हुँदै काठमाडौं रेल-मार्ग बिस्तार गर्ने सम्झौता भएको थियोे ।यो रेल-मार्ग काठमाडौं पोखरा हुँदै लुम्बिनी सम्म जोडने चीन को योजना छ।

====================
नेपालमा रेल-मार्ग कहाँबाट कहाँसम्म ???
रक्सौलदेखि बिरगंज हुदै काठमाडौंकेरुङ बाट रसुवागढी हुँदै काठमाडौं -काठमाडौं ,पोखरा हुँदै लुम्बिनीभारतसंग नाका जोडिएका मुख्य शहर पुर्ब पश्चिम् रेल-मार्ग रक्सौलदेखि बिरगंज हुँदै काठमाडौं रेल कुदन झन्डै ६ बर्ष लाग्ने अनुमान रेल बिभागको छ।सम्भाब्यता अध्ययन बिर्स्तृत परियोजना प्रतिबेदन डिपिआर तयारका लागि १ बर्ष लाग्ने रेल बिभागका प्रबक्ता उपाध्याय ले बताउनुभयो ।उहाँको अनुसार पुर्ब तयारीमा १ बर्ष र निर्माण काम धमाधम हुने हो भने ५ बर्ष गरि ६ बर्ष मा रक्सौलबाट काठमाडौं रेल आउने बाताबरण बन्नेछ।
भारतले जयनगर , जनकपुर कुर्था रेल-मार्ग बनाइरहेको छ।जयनगरदेखी जनकपुरसम्मको झन्डै ३५ किलोमिटर सम्मको खण्डमा आउदो कात्तिकसम्म रेल-मार्ग निर्माण को काम सकिने र माघसम्म सन्चालानमा ल्याउने योजना रहेको बिभागका प्रबक्ता उपाध्याय ले बताउनुभयो ।यस्तै भारतको जाल्पागुडिबाट काकडभिट्टा जोगबनी बिराटनगर नौतनहवाबाट भैरहवा र भारतको रुपेडियाबाट नेपालगन्ज पनि रेल-मार्ग जोडीनेछन ।
अर्को पुर्बपश्चिम् ९सय ४५ किलोमीटर लामो रेल-मार्ग बन्ने छ ।जुन मेचीदेखि महाकालीसम्मको नै जोडीने छ। रेल-मार्ग बिस्तारमा भारत र चीन बिच भएको पछिल्लो यी महत्त्वपूर्ण सम्झौता बाहेक पनि नेपालमा अरु रेल-मार्ग सङै मोनो र मेट्रोरेल सन्चालानको योजना अगाडि बढेको छ।
मोनो र मेट्रोरेल काठमाडौंमा ५ बर्षभित्र मोनोरेल कुदाउने गरि लगानी बोर्डले काम अगाडि बढाएको छ।मलेसियन कम्पनी संगको सहकार्यमा काठमाडौं मोनोरेल प्राली ले बिस्तृत परियोजना अध्ययन प्रतिबेदन (डिपिआर) बनाउदै छ। कलन्की देखि कोटेश्वर चाबहिल महाराजगन्ज हुँदै पुन: कलन्की जोडने सडकमा नै मोनोरेल सन्चालन गर्ने तयारी छ।यस्तै काठमाडौं महानगरपालिकाले तीन बर्ष मै मेट्रोरेल सन्चालन गर्ने लक्ष्य सहित काम थालेको छ।मेट्रोरेल बारेमा बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर)मा सम्झौता गरीने र त्यसैको आधारमा अबको तीन बर्षमा मेट्रोरेल चलाउने गरि काम थालिएको महानगरपालिका ले जनाएको छ।
रेल-मार्ग बनाउने देखि रेल कुदाउने सम्मका काम त्यति सहज भने छैनन् ।रेल बिकासमा लगानी दक्ष जनशक्ति जस्ता बिषयमा अझै पनि नेपाल बिदेशीकै भर पर्नुपर्छ।यति हुदाहुदै पनि तीब्र गतिमा काम अगाडि बढाउने र आबश्यक सामाग्रीको अभाव हुन नदिने हो भने असम्भव भबे देखिदैन । तर तीन बर्ष अगाडिको प्रधानमन्त्री केपी ओलीले बोलेको कुरा हो। एक बर्ष भित्र नेपाललाई तुइन मुक्त देश घोषणाको नारा दिएको तर तीन बर्ष बितिसक्दा पनि देशभक्त ब्यक्ति कार्यकारी प्रधानमन्त्री केपी ओलीको बोली त कार्यान्वयनमा आउन सक्दैन भने हाम्रोजस्तो मुलुकमा कतिपय नेपालीहरुले आफ्नो ज्यान तुइन बाट गुमाउनुपरेको छ। जब खोलामा एउटा पक्की पुल त बनाउनेतर्फ सम्बन्धित निकाएहरुको ध्यानाकषिर्त हुन सक्दैन भने । निदाएको आभास गर्दै बसेका छन । के खोलामा पुल बनाउनेतर्फ त सरकारको ध्यान जादैन । भने के यो देशका धमिराहरुले आफ्नो ध्यान मोनोरेल र पानीजहाजमा पुर्याउन सक्लान् त ? यो एउटा जनतालाई भ्रममा राखेर आफ्नो स्वार्थ पूरा गर्ने खेल मात्रै हो। जब नेपालको राजधानी जस्तो संबेदनसिल ठाउँको सडकमा त पानी परेको बेलामा सडकमा हिड्न सक्ने अवस्था हुँदैन। भने जिम्मेवार निकाएमा बसेका गैरजिम्मेवार कुरामा लिप्त हुने यो देशका देशभक्त शासकहरु जिवित रहुनजेल यो देशको बिकास भाषणमा मात्रै सिमित हुन बेर लाग्दैन । खबरदार नेपाल सरकार जनतालाई मीठो बोली होइन सानो काम गरेर देखाउनलाई सम्बन्धित सबै निकायको ध्यानाकर्षण होस । र अब नेपालीजनताहरुले तुइन चुडिएर मर्न नपरोस अब यहि चाहान्छन जनता ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२