Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफै फस्ने देखेपछि सुन तस्करीको अनुसन्धान रोक्ने अाेलीको यस्तो तयारी गृहमन्त्री रिसले “फायर”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०७५
  • 4.5K
    SHARES

आफै फस्ने देखेपछि सुन तस्करीको अनुसन्धान रोक्ने अाेलीको यस्तो तयारी गृहमन्त्री रिसले “फायर”
जन न्युज नेपाल खबर डट कम संवाददाता प्रकाशित : शनिबार असार १६ गते:-

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान रोक्ने तयारी थालेका छन्। तस्करीमा संलग्न भरियादेखि ठूल्ठूला व्यापारी पक्राउ परिसकेको अवस्थामा अब आफ्नै पार्टी सत्तारुढ नेकपाका ठूलै नेताहरु फस्न सक्ने संकेत पाएपछि ओलीले गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समिति विघटन गर्ने तयारी गरेको सिंहदरबारनिकट उच्च स्रोतले बतायो।

यसअघि संसदमा समेत सुन तस्करी प्रकरणबारे सांसदहरुले ठूलो माछा कतै प्रधानमन्त्री ओली त होइन भनि प्रश्न उठाएका थिए। ओलीको पछिल्लो तयारीले सांसदहरुको शंकालाई बल पुर्याएको छ।
यता प्रधानमन्त्रीको यो तयारीमा गृहमन्त्री रामबहादुर थापा बादलले विरोध जनाएका छन्। उनी अनुसन्धान किनारा लाएरै छाड्ने पक्षमा छन्।


सनम शाक्य हत्या प्रकरणपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले अहिले अनुसन्धान गरिरहेको छ, केही हदसम्म सफलता पनि हात पारिसकेको छ। तर, अझै अनुसन्धान बाँकी रहेका बेला कम्युनिष्ट सरकारका प्रधानमन्त्री ओली भने समिति नै विघटन गरेर अनुसन्धान रोक्ने निष्कर्षमा पुगेका छन्।
यसअघि जेठमा समितिको म्याद थप्ने बेला पनि प्रधानमन्त्री ओलीले खासै रुचाएका थिएनन्। गृहमन्त्री थापाकै जोडबल र अडानका कारण मन्त्रिपरिषदले छानविन समितिको म्याद एक महिना थपेको थियो।
अब समितिको म्याद नथप्ने र निष्क्रिय बनाउने तयारी प्रधानमन्त्री ओलीको रहेको स्रोतको दाबी छ। ‘ठूला नेताको पनि संलग्नता रहेको भन्ने रिपोर्ट समितिबाट प्राप्त भएपछि प्रधानमन्त्रीज्यूले अनुसन्धान रोक्ने मनस्थिती बनाउनुभएको छ। यसबारे गृहमन्त्रीसँग परामर्श भइरहेको छ’, स्रोत भन्छ– ‘तर गृहमन्त्रीज्यूले मान्नुभएको छैन। उहाँ अनुसन्धान पुरा हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’
सुन तस्करीको अनुसन्धान रोक्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रीका हरेक सकारात्मक कदममा भाँजो हालेको खबरहरु पछिल्लो समय आइरहेका छन्।


सिण्डिकेट हटाउन ज्यान फालेर लागेका कर्मचारीलाई कारवाही, यातायात व्यवसायीसँग मन्त्री रघुवीर महासेठमार्फत साँठगाँठ, ठेकेदार पक्राउ र गैरसरकारी संस्थामाथि कडाई गर्ने गृहमन्त्रीका निर्णय कार्यान्वयन नगर्न दबाब नदिनु लगायत कारणले प्रधानमन्त्री ओली जनता भन्दा पनि निश्चित समूहको लागि काम गरिरहेको प्रष्ट भएको छ। समृद्धि र विकासका लागि वाम गठबन्धनलाई भोट दिएका जनता ओली सरकारका पछिल्ला गतिविधिबाट निराश भएका छन्।
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४