सरकारविरुद्ध कांग्रेसको युवा संगठन तरुण दल सडकमा (फोटोफिचरसहित)
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं असार १३ गते बुधबार :-
काठमाडौ : नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले बुधबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । मुल्य वृद्धि फिर्ता गर्नुपर्ने अदालत माथिको हस्तक्षेप बन्द गर्नुपर्ने प्रेसमाथिको दमन कारी निति बन्द गर्नुपर्ने लगाएतका आफ्ना मागहरुलाई नेपाल सरकारले ब्यवस्थापन गर्न नसकेको र सर्बसाधरण जनताको नैसर्गिक अधिकारलाइ अहिलेको सरकारले ब्यबस्थापन गर्न नसक्ने निस्कर्श निकाल्दै बुधबार तरुण दलले बृहत् कोणसभा गरेको छ।
मुल्यवृद्धि फिर्ता गर, नागरिक स्वतन्त्रता कायम गर लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन शान्तिवाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै युबा नेताहरूले अहिलेसम्म सरकारले दमनकारी नीति मात्रै अबलम्बन गरेको सर्बसाधरण को हितमा काम गर्न नसकेको राम्रो काम गर्ने लाई दण्ड दिने गरेको भ्रष्टाचारीलाई र हत्याहिंसालाई बढवादिने गरेको काम केही नगर्ने कुरामा मात्रै जनतालाई अन्धभक्त बनाउने गरेको लगाएतका बिषयमा युवानेताहरूले बोलेका थिए ।

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२