शुक्रबार, १ असार, २०७५ जन न्युज नेपाल खबर डट कम
पत्रकार कुटिनु प्रेस स्वतन्त्रतामाथीको ठाडो हस्तक्षेप : पत्रकार महासंघ रामेछाप
अस्पतालमा उपचार गर्दै पत्रकार यूनिक बिफा घिसिङ
रामेछाप । समाचार संकलनमा रहेका पत्रकारमाथी प्रहरीले घाइते हुनेगरी जथाभावी लाठीचार्ज गर्नु सञ्चार माध्यममाथिको स्वतन्त्रतालाई ठाडो र नाङ्गो हस्तक्षेप गरेको भन्दै नेपाल पत्रकार महासंघ रामेछापले प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेको छ ।
वीपी राजमार्गमा ढुवानीका साधन रोक लगाईको बिरोधमा भइरहेको आन्दोलनको समाचार संकलनमा गएका ए पि वान टि.भी. जिल्ला समचारदाता तथा पत्रकार महासंघका केन्द्रिय पार्षद यूनिक बिफा घिसिङ लाई प्रहरीले बुधबार राती कुटपिट गरेकोे थियो ।
“आन्दोलनका क्रममा उद्योग बाणिज्य संघका पदाधिकारीहरु माथि प्रहरीले लाठि चार्ज गरिरहेको दृश्य संकलन गर्ने आफु पत्रकार भएको जानकारी गराउँदा गराउदै पनि घिसिङ लाई प्रहरीले निर्मम तरिकाले कुटपिट गर्नु निन्दनिय कार्य हो । यस्तो कार्यले जिल्लाको प्रशासन र प्रहरी प्रमुख प्रति नै प्रश्न चिन्ह खडा गरेको छ ।” महासंघका अध्यक्ष रमेश ढुङ्गेलद्धारा हस्तक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा कुटपिटमा संम्लग्न प्रहरीलाई हदै सम्मको कारवाहिको समेत माग गरिएको छ ।
व्यवसायीहरुले रामेछाप आउँने ढुवानीका साधनलाई रोक लगाइएको तर प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी रामेछाप हुँदै दोलखा पुग्ने ढुवानीका साधनलाई छाडेको भन्दै उक्त साधनहरुलाई रोक्न बुधबार राति उनिहरु मन्थलीको भैसेसोरमा जम्मा भएर बसेका थिए । उनिहरुले साँझको समय देखि राति ९ बजे सम्म २० वटाभन्दा बढी ढुवानीका साधन रोके पछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको हो । झपमा अन्य तीन जना स्थानीय समेत घाईते भएका छन् ।
बीपी राजमार्गमा १० टन माथिका ढुवानीका साधन र १८ सिट क्षमता माथिका यात्रुवहाक सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि रामेछापका व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् । भने नेपाल पत्रकार महासंघ रामेछापले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ। प्रेसमाथिको हस्तक्षेप बन्दनगरेमा हामी अब सरकारको रबैया को र प्रशासन को उदन्डताको लागि आन्दोलनमा उत्रन बाध्य हुनेछौ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने साथमा जन आवाज मासिक प्रोमोटर ले हजुरहरुको सामु नयाँ खोज मुलक सम्प्रेषण गरिरहेका छौ।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२