१९ जेष्ठ , काठमान्डौ ।जन न्युज नेपाल खबर डट कम प्रतिनिधि :-नेत्र बहादुर कार्की ललितपुर :-
राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखा तथा चुनदेवी युवा क्लबको संयुक्त आयोजनामा आज जेष्ठ १९ गते ललितपुर महानगरपालिका २२ बुङ्मती चुनिखेलमा बृहत सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालका रास्ट्रीय र चर्चित हस्तिहरु को उपस्थिति रहेको थियो।भने राष्ट्रिय कलाकारहरुको सस्था रास्ट्रीय संगीतकर्मी संघको केन्द्रिय पदाधिकारीलाई र चर्चित हस्तिहरुलाइ सम्मान गरिएको उक्त कार्यक्रममा रास्ट्रीय कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको बेजोड रमाइलो प्रस्तुती रहेको थियो ।भने कार्यक्रममा सम्मानित हुनुहुने ब्यक्तिहरु रास्ट्रीय संगीतकर्मि संघको केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की ,बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना ,उपाध्यक्ष उमा श्रेष्ठ ,महासचिव ,बिक्रम जङ शाह,सचीव शर्मिला श्रेष्ठ ,जीवन परियार ,सह-सचिव श्री कृष्ण दाहाल ,कोषाध्यक्ष मिलन श्रेष्ठ ,सह-कोषाध्यक्ष ,सुर्य कुमार श्रेष्ठ , सस्थापक अध्यक्ष घमेश धुलाल ,पुर्ब अध्यक्ष रेशम थापा ,निबर्तामान अध्यक्ष नबराज घोरासैनी,चर्चित लोक दोहोरी गायिका गिता देबि लगाएतका चर्चित कलाकारहरूलाई र केही पत्रकार लाई सम्मान गरिएको थियो भने।सम्मानको क्रममा बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले देश तथा बिदेशमा छरिएर बसेका सम्पुर्ण कलाकारहरु को हक हित र अधिकार को लागि सधैं नै लडिरहेको र अबको नेतृत्वले पनि कलाकारहरूको आफ्नो अधिकार सुनिश्चितताका लडिरहने बताउनु भएको छ। भने सो कार्यक्रममा चर्चित लोकदोहोरी गायक/गायिकाहरुले आफ्नो बेजोड प्रस्तुति दिनु भएको थियो।
कलाकारहरु:- रेशम थापा , नवराज घोरासैनि, घमेश दुलाल , गिता देवी , उमा श्रेष्ठ , सरोज लामिछाने, सर्मिला श्रेष्ठ, प्रदिप सिं थापा, लीला श्रेष्ठ,जीवन परियार लगाएत एक दर्जन कलाकारले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए।
यसै गरी हास्य टेलिचलचित्र ब्रेक फेलका रमेश केशी मट्टारे, धनराम मुस्कान, सबिता गुरुङ , सर्मिला शर्मा, बिमला गिरी , राजन चौलागाइ (खैराते) र अप्सरा अधीकारी लगाएतका बरिष्ठ हास्य कलाकारहरुको हास्य प्रहसन रहेको थियो । कार्यक्रममा बालकलाकार प्रनिशा थापा र मोनिका ठकुरीले डान्स प्रस्तुत गरेका थिए भने हट मोडल मेघना मगरले रिमिक्स डान्स प्रस्तुत गरेकी थिइन ।
कार्यक्रमको सन्चालन गायक निर्देशक तथा कलाकार प्रदिप सिं थापाले गरेका थिए । कार्यक्रममा कलाकार, संघका पधाधिकारी, सहयोगी र प्रायोजक हरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम सौहाद्र पूर्ण सम्पन्न भएको मिडिया संयोजक प्रदिप सिं थापाले जानकारी दिए । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष श्री कृष्ण केसीले गरेका थिए । कार्यक्रम बिहान ११ बजे सुरुभइ बेलुका ५ बजे सम्म चलेको थियो ।

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला।
धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
