Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी सहितको सम्पुर्ण विवरण :-


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १२ २०७५
  • 5.9K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

१२जेष्ठ २०७५, शनिबार जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं-

काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो ।राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्था ०६२ सालमा स्थापना भयो, त्यसबेला नेपालमा कलाकारहरुको अधिकारलाई जोडतोडकासाथ उठाउने कोही थिएनन्, हामीले विभिन्न किसिमका आन्दोलनका आवाजहरु सांगितिक तवरबाट उठाउँदै आयौं, २२ दिने साँगितिक आन्दोलनले नेपाली कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका सात बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं ।’

त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी नेतृत्वले यसका बारेमा गतिलो काम गरेर देखाउने छ ।’

आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । उनका अनुसार जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिनेछ । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उनले जानकारी दिए ।कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्थाको ४५ वटा जिल्लामा जिल्ला शाखा गठन गरेका छौं, ६ वटा प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटी बनेको छ, जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले हाम्रो पहिलो दिनको कार्यक्रम उद्घाटन गर्नुहुनेछ, त्यसको भोलिपल्ट १३ गते बाजुमा हाम्रो कार्यक्रम तोकिएकै समयमा नेतृत्को चयन हुनेछ ।’पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

नेपाली कलाकारहरको अग्रनी सस्था रास्ट्रीय संगीतकर्मी संघको ४ चौथो रास्ट्रीय महाधिवेशन अगामी जेठको १२गतेदेखि १३गतेसम्म काठमाडौमा हुदैछ।भने अहिले जिल्ला र प्रदेशको देशभर बाट प्रतिनिधिहरु आउने क्रम जारी छ । भने रास्ट्रीय संगीतकर्मी संघको चौथो महाधिवेशनको उदघाटन समारोहमा तयारी तीब्र गतिमा अगाडि बढिरहेको छ ।भने देशभरका कलाकारहरुका प्रतिनिधि आउनेक्रम ले तीब्रता पाएको छ।भने यतिबेला कलाकारहरुले देशै भरि बाट काठमाडौ मा आएर माहोल तताएका छन भने चुनावी बाताबरण बन्दै गहिरहेको छ। भने कलाकारहरुले आफ्नो आफ्नो पक्षमा माहोल बनाउन कलाकारहरु लागी रहेको पाइएको छ।

देश भर को यतिबेलाको माहोल हेर्दा राजेन्द्रकुमार कार्कीले सम्पूर्ण कलाकारहरुको मन जितेको आभास भइ रहेको कुरा पनि बाहिर आउन लागेको छ। भने अब सम्पुर्ण कलाकार हरुले आफ्नो अधिकार सुरक्षित गर्न सक्ने ब्याक्तित्वलाइ संगीतकर्मी संघ को केन्द्रिय नेतृत्वदायी भुमिका पुर्‍याउन आतुर भइ रहेको छन। अब कस्ले मार्ने हो बाजि हेर्न बाकी नै छ।भने नेपाली लोक दोहोरी क्षेत्रका हस्तिहरु चुनावी मैदानमा उत्रदैछन। भने बिगतमा बागडोर समाल्ने चर्चित हस्तिहरु यस प्रकार छन। बरिस्ठ लोक दोहोरी गायक अध्यक्ष श्री घमेश धुलाल, बरिस्ठ लोक दोहोरी गायक श्री रेशम थापा ,ले अध्यक्ष भएर बागडोर समालिसकेका छन भने हालको अध्यक्ष श्री नबराज घोरासैनी ले हाल बागडोर समालिरहेका छन।भने अबको अध्यक्ष पदको लागि चर्चित कलाकार तथा बरिस्ठ लोक दोहोरी गायक समाजसेवी श्री राजेन्द्रकुमार कार्कीको प्रमुख दाबेदारी रहेको छ।तेस्तै उनको प्रतिद्वन्दीमा श्री नबराज ढुंगाना पनि चुनावी मैदानमा छन।

बरिस्ठ उपाध्यक्षमा बरिस्ठ लोक दोहोरी  गायक श्री प्रकाश कटुवाल  को उम्मेद्बारी छ।भने बरिस्ठ उपाध्यक्षमा अशोक धितालको नि उम्मेद्बारी रहेको छ।भने प्रकाश कटुवाल को जित्ने सम्भावना बलियो रहेको छ।अन्य पदहरुमा बरिस्ठ लोक दोहोरी गायक-तथा बरिस्ठ लोक दोहोरी गायिकाहरु को विवरणपत्र यस प्रकार छन -:केन्द्रिय प्रतिनिधिका लागि :-श्री कुमार कार्की ,श्री मिलन श्रेष्ठ ,श्री यम छेत्री , श्री अमृत ,खाती ,श्रीदेबी देबकोटा,श्री श्याम धिताल ,सुश्री उमा श्रेष्ठ ,श्री रमेश दुलाल,कागे,श्री नारायण सापकोटा ,श्री चन्द्र खड्का ,श्री जिबन परियार,श्री होम सुवेदी ,श्री सुमन परियार ,सुश्री मन्जु गौतम ,सुश्री शर्मिला श्रेष्ठ ,श्री रामकुमार कार्की ,श्री सन्तोष काफ्ले ,श्री लोकनाथ सापकोटा ,श्री लालमणी भुसाल ,श्री गोबिन्द दुलाल,श्री केशव सापकोटा ,भैसिको कसम ,श्री श्रवण मिस्राल ,श्री एम के बि कोइराला ,श्री बिनोद ढकाल ,श्री दिनेश डागी ,लगाएतका कलाकार हरुरहेकाछन।

तेसैगरी श्री राजाराजेन्द्र पोख्रेल ,श्री मरिचमान श्रेष्ठ,बल्छी धुर्बे,श्री राजेन्द्र चौलागाईं ,खैराते ,लगाएत् पनि संगीतकर्मी संघको चुनावी मैदानमा छन। जेष्ठ महिनामा १२-गतेदेखि १३गतेसम्म काठमाडौमा हुदैछ। भने सो महाधिवेशनमा नागरिक उड्डयन तथा प्रयटनमन्त्री श्री रबिन्द्र अधिकारी ज्यु ले सम-उघाटन गर्ने कार्यक्रम रहेको  पनि संगीतकर्मी संघका बिशेष प्रतिनिधिले

जन न्युज नेपाल  खबर डट कम लाई जानकारी गराउनु भएको छ। भने अन्य विवरणहरुको हामी निरन्तर रूपमा जानकारी गराउने छौ। तपाईहरुको सहयोगि

जन न्युज नेपाल  खबर टिम: जन आवाज  मिडिया  हब प्रा.लि परिवार ललितपुर नेपाल :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४