Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २ २०७५
  • 2.8K
    SHARES

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिए । उनले होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागुऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गरे ।

रु एक लाखलाई रु १० हजारमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले बताउनुभयो । बरामद गरिएको नेपाली नक्कली नोट अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएको प्रहरीले जनाएको छ ।

कसरी समातियो नक्कली नोट ?

काठमाडौँको नयाँ बसपार्कमा बाबुराम कँडेलले सञ्चालन गरेको सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेतका महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा रु दुई हजार तिरेर हिँडेको र सोही नोट नक्कली भएपछि गोँगबु प्रहरीलाई खबर गरेर सोधखोज गर्दा रु एक लाख २० हजार नगद बरामद गरिएको प्रभागका प्रमुख प्रताप पौडेलले जन न्युज नेपाल खवर लाइ जानकारी दिए ।

‘बोगटीले दिएको सूचनाका आधारमा जेठ १ गते विहान सुजित तामाङ, साजन तामाङलाई लुभुुबाट नक्कली नोट रु सातलाख ४३ हजारसहित नियन्त्रणमा लिएका हौँ,’– पौडेलले भने ।

यसैगरी समातिएका तीनै जनाको बयानका आधारमा आज दिउँसो काठमाडौँ महानगरपालिका चारढुंगेस्थित तेजेनजङ्ग थापाको घरमा प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा रु दुई करोड ५२ लाख बरामद गरिएको हो ।

उक्त रकम बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेवावा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापीतलाई छाप्न दिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

पक्राउ परेकाले राष्ट्रबैँकको अनुमति विना नै नक्कली नोट छापेको पाइएको छ । नक्कली नोट छाप्नेलाई विगोबमोजिमको जरिवना गरी दश वर्ष कैद हुने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४