वैशाख ३१ रामेछाप
जन न्युुुज नेपाल खबर बिशेष प्रतिनिधि :-
रामेछापमा गए रातिदेखि परेको अविरल बर्षाको कारण रामेछापको सदरमुकाम मन्थली बजार आसपासको जनजीवन अस्त ब्यस्त भएको छ। भने सदरमुकाम मन्थलीबाट आज बिहान कक्षा ११ को परीक्षा दिन जाने क्रममा रणजोर खोलाले बगाएर मन्थलीकी उष्मा फुयाँल बेपत्ता भएकी छिन्। भने मन्थलीबाट मुगीटार परिक्षा केन्द्रमा परीक्षा दिन हिँडेकी कक्षा ११ की १७ वर्षिय फुयाँलको खोला तर्ने क्रममा खोलाले बगाएको र बेपत्ता भएको बताइएको छ । भने खोला तर्ने क्रममा बाढिले बगाउँदा १६ जना किशोरी बगाएकोमा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा निशा शाह जानुका बुढाथोकी र मनिषा पान्डे रहेको रामेछापका प्रहरी प्रमुख राजकुमार थापाले जन न्युज नेपाल खबर लाई जानकारी दिनुभयो । उनिहरुको अहिले रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेकोे छ । बाँकि १२ जना किशोरी भने उद्धार पछि परिक्षामा सामेल भएको र बेपत्ता किशोरी फुयाँलको खेजिकार्यजारी राखिएको पनि प्रहरी प्रमुख थापा ले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बिहानीपख परेको ठुलो पानीले आएको बाढी समूहमा तर्न खोज्दा परीक्षार्थीहरुलाई खोलाले बगाएको प्रत्यक्षदर्शी विद्ध्यार्थीले बताएका छन् । आज कक्षा ११ को अनिवार्य नेपाली परीक्षा रहेको थियो । यस्तै बाढी को कारण मन्थली बसपार्क क्षेत्र प्रभावित भएको समाचार छ ।भने बजार एरियामा बाढीले अस्त ब्यस्त छ।