Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सरसफाइ तीव्र:


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २२ २०७५
  • 3.3K
    SHARES

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने ध्याउन्नमा महानगर लागेको छ ।

“कामपाले विभिन्न संस्थाले विज्ञापन गर्ने उद्देश्यले सडक पेटी र बिजुलीको पोलमा टाँसेका पोस्टर पम्प्लेट, व्यानर, भित्तेलेखनलाई पनि निकालेर शहरलाई सफा बनाउने छ”–आचार्यले जन न्युज नेपाल खवरलाइ  जानकारी गराएका छन् ।

कामपाले शहरी सौन्दर्यमा असर पर्नेगरी विभिन्न प्रचार सामग्री टाँस्ने र भित्तेलेखन गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ । नगर प्रहरी परिचालन गरेर पोस्टर टाँस्नेलाई मात्र होइन पोस्टर टाँस्न लगाउने कम्पनीलाई पनि कारबाही गरिने महानगरले जनाएको छ । यसैबीच, कामपाले प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन पनि गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४