Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३३ किलो सुन काण्डः प्रहरीलाई मात्रै बुझाईयो २ करोड २० लाख ९ प्रहरी अधिकारी सहित ६३ जना विरुद्धमा मुद्दा दर्ता :-


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २१ २०७५
  • 3.8K
    SHARES

जन न्युज नेपाल खबर बिशेष  प्रतिनिधि काठमाडौ :-

२०७५ बैशाख २१ गते शुक्रबार

काठमाडौं । ३३ किला सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीहरुले मात्रै २ करोड २० लाख रुपैयाँ लिएका खुलेको छ । बुधबार मोरङ जिल्ला अदालतमा पेश गरिएको आरोपत्रमा सुन काण्डमा सघाउने प्रहरीलाई मात्रै २ करोड २० लाख ७७ हजार रुपैयाँ बुझाईएको देखाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै आएको चुडामणी उप्रेती उर्फ गोरे को समूहले तस्करी गर्नमा सहयोग गर्ने प्रहरी अधिकारीलाई उक्त रकम बुझाएको हो ।

प्रहरी तर्फका मुख्य नाइके एसएसपी श्याम खत्रीः
उक्त काण्डमा प्रहरी तर्फका मुख्य नाइके मानिएका एसएसपी श्याम खत्रीले तस्करहरुसँग एकैपटक १ करोड रुपैयाँभन्दा बढी लिएको फेला परेको छ । उनले तीन पटक गरेर १ करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

उक्त सुन काण्डको छानविन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृतवमा एक समिति गठन गरेको थियो । उक्त समितिले गरेको अनुसन्धान अनुसार एसएसपी खत्री प्रहरी अधिकारीका मुख्य नाइके मानिएका छन् । समितिले प्रहरी अधिकारीहरुले लिएको पैसा गोरे समूहसँग रहेको डायरीका आधारमा फेला पारेका हो ।

त्यस्तै खत्रीले तस्करहरुसँग एक पटक ७ लाख र अर्को पटक ४ लाख रुपैयाँ लिएका थिए। जवान विष्णुबहादुर खड्काले पनि खत्रीकै नाममा पैसा लिने गरेका थिए । त्यस्तै, मुद्दा दायर भएका अम्बरबहादुर मगरलाई पनि उनले नै तस्करलाई सहयोग गर्न खटाएका थिए।

प्रतिवादीमध्ये जवान खड्काले दुई पटक गरेर १९ लाख रुपैयाँ लिएका थिए। पूर्वडिआइजी गोविन्द निरौलाले एक पटक ८ लाख र अर्को पटक ९ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको छ।

एसपी विकासराज खनालले एक पटक ४ लाख र अर्को पटक १ लाख रुपैयाँ गरी ५ लाख लिएको देखिन्छ। त्यस्तै डिएसपी सञ्जय राउतले एक पटक ३ लाख र अर्को पटक १२ लाख रुपैयाँ लिएका थिए। रजिस्टर र डायरीमा लेखेरै उनीहरुलाई पैसा दिइएको थियो। सोही प्रमाणका आधारमा उनीहरु पक्राउ परेका हुन्।

डायरी र कल डिटेल प्रमुख प्रमाणः
छानविन समितिले फेला पारेको डायरीका आधारमा प्रहरी अधिकारीलाई पक्राउ गरेको हो । गोरे समूहसँग भएको डायरी र उनीहरुसँग गरिएको टेलिफोन वार्तालापका आधारमा पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरलाई पक्राउ गरिएको हो ।

प्रहरी अधिकारीहरुले नै अनाधिकृत रुपमा पास दिएर तस्करीमा सघाउने गरेका थिए। पक्राउ परेका प्रहरीमध्ये सई बालकृष्ण सञ्जेलले समेत २ वर्षदेखि गिरोहका नाइके गोरेसँग आर्थिक कारोबार गर्दै आएको उल्लेख गरिएको छ ।

एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन। अनुसन्धानमा लापरबाही गरेकै आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

बुधवार जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरि ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणी उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

जन न्युज नेपाल  खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४