Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हटाइएको १२ बर्षपछि राजा विरेन्द्रको शालिक राख्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २० २०७५
  • 4.9K
    SHARES

तुलसीपुर विशेष प्रतिनिधि जन न्युज नेपाल खवर डट कम:

पूर्वराजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको शालिक (मुर्ति) हटाएको १२ बर्षवछि पुनः तुलसीपुरमा राख्ने तयारी गरिएको छ । जनआन्दोलन २०६२÷६३ मा तत्कालिन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र शाहको शालिक तोडफोड गरेर हटाइदिएका थिए ।

शालिक हटाएको ठाउँलाई अहिले पनि विरेन्द्र चोकको नामले चिन्ने गरिन्छ । शालिक हटाएपछि विरेन्द्र चोक अहिले मूर्ति बिनाको स्ट्याण्ड (अड्याउने ठाउँ) मात्रै रहेको छ ।

यसको संरक्षण र व्यवस्थापनको जिम्मावारी पाएको तुलसीपुर उपमहानगरपालिका–५ नम्बर वडाले पूर्वराजा विरेन्द्रको शालिक राख्ने तयारी गरेको रहस्य सार्वजनिक भएको हो ।

वडाले जीर्णोद्धार गरि त्यही ठाउँमा राजा विरेन्द्रको शालिक राख्नका लागि बहुमतले पास गरेको वडा अध्यक्ष विरेन्द्र शाहले  जन न्युज नेपाल खबरलाई जानकारी दिए । इतिहासलाई मेटाउने काम कसैले पनि गर्न नहुने बताउँदै अध्यक्ष शाहले बनाउन नसक्नेले बिगार्न पनि नहुने बताए ।

‘कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा गरिन्छ । ‘उनका शालिकहरु अहिले पनि संरक्षण गरेर राखिएको छ,’ अध्यक्ष शाहले उदाहरण दिँदै भने– ‘राजा विरेन्द्रले के नै गरेका थिए र  इतिहास त मेटाएर मेटिदैँन नि ।’

पुरानो शालिक राख्ने कि नयाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको वडा कार्यालयले  जन न्युज नेपाल खवर लाई बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४