कहिले बन्छ धरहरा ?
Purna kc
काठमाडौ ,बैशाख १४
काठमाडौ सुन्धारा अवस्थित धरहरा वि.स:१९९०भन्दा पहिला यसमा ११ तला रहेको थियो। तर १९९० माग २ मा आयको माहाभुकम्पको कारणले वार्दली भन्दा माथिको भाग १०-११ तला भत्किएको थियो। वाकी ९ तल्लाको धरहरा मात्र वाकी रह्यो। फेरि २०७२ बैशाख १२ गते आयको ७.८ रेक्टरको महाभुकम्पले यो पुर्ण रुपले नष्ट भै इतिहास बन्न पुग्यो।
धरहरा को निर्माण वि.स:१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले निर्माण गर्न लगायका थिय।उनले यसको निर्माण विषेशगरि माहारानीत्रिपरासुन्दरिदेविको सम्झना स्वरुप गर्न लागायका थिय। भिमसेन थापाले निर्माण गरियकाले धरहरा लाई भिमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सुचना र जानकारी दिन तथा भेला गराउन यसको टुप्पो बाट विगुल बजाउने गरिन्थ्यो।
धरहरा पुनः निर्माणकालागी वर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले धरहरा निर्माणलाई सक्दो चाडो अगाडि बडाउने प्रतिबद्धता व्यक्त गर्नुभयको छ। वलीले भन्नू भयो देश समृद्धि र बिकासको बाटोमा अगाडि बडेको बताउदै धरहरा निर्माणसंगै भुकम्पपिडितको र पुनः निर्माणमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो।
नेपाली कलात्मक र सुन्दरतालाइ कायम राख्दै पुरानै शैलीमा भुकम्प आउदापनी नभत्किने बलियो धरहराको निर्माण हुने वलीले बताउनुभयको हो।
जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौ :