Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेशसभा ३ : एक अर्बको बजेट पेश भएको छ ।  


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १३ २०७५
  • 19K
    SHARES

हेटौँडा ।  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गरेका छन् ।

बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक दुग्धबोर्डको स्थापना, पूर्वाधार विकास, भूकम्पपीडितलाई राहतलगायत कामलाई प्राथमिकतामा राखिएको बताए ।

बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य केशवराज पाण्डे, पशुपति चौलागार्इं, रिना गुरुङ, मुनु सिग्देल, प्रभात तामाङ, निमा लामा, रमेश पौडेल, विशाल खड्का र प्रेमबहादुर पुलामीले प्रदेशमा आर्थिक स्रोत पहिचान गरी आर्थिक स्रोत जुटाउनुपर्नेमा जोड दिए । उनीहरुले जलविद्युत्, कृषि, पर्यटन र औद्योगिक विकासमा बजेटले ध्यान दिनुपर्ने बताए ।

प्रदेश विनियोजन विधेयक 

प्रदेश संसद्को १७ औँ बैठकको आधा घण्टापछि बसेको प्रदेश संसद्को अर्को बैठकले प्रदेश विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुुंगेलले १५ दिन अगाडि पेश गर्नुपर्ने प्रावधान रहेको विधेयक धारा १३ को १ देखि ५ र ७ देखि १० निलम्बन गरेर संसद्मा पेश गरेका हुन् ।

सदस्य रिता माझी, गीता वाग्ले, छिरिङ दोर्जे लामा, रामकुमार अधिकारी, शान्ति थिङ, घनश्याम दाहाल, सुरेशराज श्रेष्ठ र रिना गुरुङले बजेट जनमुखी नभएको आरोप लगाए । अर्को बैठक शुक्रबार अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४