Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्षता नेपालले गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ११ २०७५
  • 10.3K
    SHARES


११ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् २०१८ को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् ।

हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि नेपाल नियुक्त भएको थियो । छ सदस्य राष्ट्रमध्ये नेपालले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दछ ।

२१ सदस्यीय समितिमा हंगेरी, गायाना र अमेरिकाका प्रतिनिधि उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए । यस्तै लाइबेरिया पाँच अलग भौगोलिक क्षेत्रको लागि दूतको रुपमा चुनिएको थियो ।

नेपालले विगतमा धेरैपटक समितिको सदस्यको रुपमा काम गरेको थियो । तर नेपाल अध्यक्षमा चुनिएको यो पहिलो पटक हो । यसलाई बहुपक्षीय मन्चमा योगदान गर्ने अवसरको रुपमा लिइएको छ ।

महासभाअन्तर्गतको सम्मेलन समिति सन् १९७४ मा स्थापना भएको थियो । यस समितिले संयुक्त राष्ट्रसंघको सचिवालयलाई परामर्श दिने काम गर्दछ । साथै बिभिन्न बैठक, सभा सम्मेलन आयोजना गर्ने, सम्मेलनको मस्यौदा तयार पार्ने, वार्षिक रुपमा महासभामा रिपोर्ट पेस गर्ने काम समितिले गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४