Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायिक समितिले ग¥यो सबै मुद्दाको फैसला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ११ २०७५
  • 4.9K
    SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले जन न्युज नेपाल खवर लाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ, ती सबै तत्काल फैसला हुन्छन् ।”

श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहनुभएको छ । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४