Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेविसंघ नाटकघर भयो : महामन्त्री काफ्ले :


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १० २०७५
  • 4.4K
    SHARES

आज मिति २०७५ बैशाख १० गते।

जन् न्युज नेपाल खबर डट कम प्रतिनिधि :

काठमाडौं : नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघ नाटकघर जस्तो भएका बताएका छन् । मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनत्र बुझाउँदै महामन्त्री काफ्लेले यस्तो बताएका हुन् ।

ज्ञापनपत्रमा १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले नेविसंघको वर्तमान नेतृत्वले विधान बाहिर गएर पार्टी बाहिरकालाई आमन्त्रित सदस्य नियुक्त गर्नुका साथै मनपरी गर्न थालेको बताए । नेविसंघका अध्यक्ष नैनसिंह महरतिर लक्षित गर्दै उनले यस्तै अवस्था रहिरहने हो भने प्रत्येक कलेजमा नेविसंघबीच नै झडप हुने अवस्था आउने चेतावनी दिए।
उनले भने, ‘कलेज कलेजमै, जिल्ला जिल्लामा झडप हुने अवस्था भयो। माथि त झगडा त छ नै। अब तलसम्मै जाने भयो। नियमावलीमा नभएको कुरा गरेपछि यस्तो हुन्छ, ।’

मोटर साइकलरयाली सहित ज्ञापनपत्र बुझाउन पुगेको काफ्ले समूहले केन्द्रीय कार्यालयमा केहीबेर नाराबाजीसहित धर्ना समेत दिएको थियो । ‘‘अधिवेशनका लागि कुनै सार्थक पहल कदमी नगर्ने बरु कपटपूर्ण ढंगले ‘हुकुमी प्रमाङ्गी’ शैलीमा नेतृत्व टास्ने हर्कत केन्द्रीय अध्यक्षबाट भएको घटनाक्रमले लोकतन्त्रको न्यूनतम मान्यताको समेत धज्जी उडाएको छ,’’ सभापति देउवालाई महाधिवशेनको मिति तय गर्न माग गर्दै बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।

जन न्युज नेपाल खबर डटकममा सुरक्षित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४