बाँके– जनता बैंकले शाखा विस्तारको निरन्तरताका क्रममा बैशाख ३ गतेबाट कोहलपुर शाखामार्फत कारोवार सुरु गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११, बाँकेमा रहेको यस शाखा बैंकको १०८औं शाखा हो भने बाँके जिल्लाको दोस्रो शाखा हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ ।
कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।