Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआईसी एशिया ग्रोथ फण्ड स्टक एक्सचेन्जमा सूचिकृत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ५ २०७५
  • 7K
    SHARES

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३। ५२ करोड ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएकोे छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट मिति २०७४ साल पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि माघ २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ ।

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । एन आई सी एशिया ग्रोथ फण्ड दोश्रो बजारमा ‘एनआइसीजिएफ’ नाममा कारोबार हुने छ ।

म्युचुअल फण्ड संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ ।

एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४